मेरो गणना मेरो सहभागिता भन्ने मुल नाराका साथ सुरु भएको संघीय प्रणाली लागु भए पछिको पहिलो जनगणना तथा बाह्रौ राष्ट्रिय जनगणना २०७८ आर्थिक सामाजिक राजनैतिक सबै दृष्टिकोणले महत्वपुर्ण रहेको थियो । सुचना नै शक्ति हो भने जस्तै जनगणनाबाट प्राप्त हुने विवरणहरु अवको १० वर्ष सम्म महत्वपुर्ण हुने नै भए ।
जाजरकोट जिल्लामा जनगणना सम्पन्न गर्ने मुख्य जिम्मा लिएर म आएको थिए । मैले आर्थिक गणना पनि यहि जिल्लामा गरेको तर त्यतिवेला जिल्लाका सबै स्थानमा पुग्न सकेको थिएन । राष्ट्रिय जनगणना २०७८ कोभिड १९ को कारण स्थगित भएको र भाद्र २१ देखि सुचारु भएपछि हतार हतारमा सुपरिवेक्षकहरुलाई तालिम दिई जनगणनाको फिल्ड कार्य सुरु गर्नु पर्ने भयो । पहिले तालिम लिएका केही सुपरिवेक्षकहरुले काम नगर्ने जानकारी भएपछि केही नयाँ आए उनीहरुलाई दुई दिनको तालिम दिई फिल्ड खटाईएको थियो ।
राष्ट्रिय जनगणना २०७८ जाजरकोट जिल्लामा भव्य रुपमा सम्पन्न भईरहदा यहाँका सबै नगरपालिका र गाउँपालिकामा पुग्ने अवसर पाएँ । यहाँ आर्थिक सामाजिक सांस्कृतिक अवस्थाको वारेमा जान्ने बुझ्ने अवसर पाएँ । यस जिल्लामा रहेका ३ नगरपालिका र ४ गाउँपालिकाका सवै जसो स्थानमा जनगणनाका अवधिमा पुग्ने अवसर पाएँ ।
जाजरकोट जिल्ला प्राकृतिक स्रोत साधनले सम्पन्न भएपनि पुर्वाधार विकास दृष्टिकोणले पछाडी परेको देखियो । जिल्लाका धैरै ठाउँमा मोबाईल टावर नलाग्ने समस्याले सुपरिवेक्षक गणकहरु सँग सम्पर्क नहुने समस्याले काम गर्न कठिनाई भयो । भाद्र ३० देखि आश्विन १८ गते सम्म भएको घरपरिवार सुचिकरण कार्य गर्दा धेरै दिनसम्म पानी परेकोले जिल्ला भरिका धेरै जसो सडकहरु अवरुद्ध थिए ।
बाढी पहिरोको जोखिमका विच सुपरिवेक्षकहरुले दील लगाएर काम गरे । वजेट नभएको कारण एउटा छाता सम्म दिन सकेको थिएन । जिल्ला अन्तर्गतका नलगाड र छेडागाडमा रहेको स्थानिय जनगणना कार्यालयमा समेत टावर नभएको कारण सम्पर्क हुन नसकेर काम गर्दा समस्या भयो ।
जिल्लामा कुशे गाउँपालिका जुनिचाँदे गाउँपालिका र बारेकोट गाउँपालिकाबाट सदरमुकाम आउँदा जाँदा गाडी भाडामा मात्र तीन हजार भन्दा वढी खर्च हुने अवस्था थाहा हुदा हुदै पनि सुपरिवेक्षक र गणकहरु डकुमेन्ट भेरिफाई गर्न तालिममा आउँदा जाँदा उहाँहरुलाई उपलब्ध गराएको सुविधाले पुग्ने कुरै भएन । धैरै जसोले डड्पेन पनि जिल्लामा सम्पर्क नहुने कारणले आफै किनेर ब्यवस्थापन गरे । तीन सयजना सुपरिवेक्षक र गणकहरुले जिल्ला भरिको फिल्ड कार्य गर्दा करिव ८० जना जतिलाई मात्र प्रत्यक्ष फिल्डमा भेट्न सके ।
५० प्रतिशत भन्दा वढि महिला करिव ५ प्रतिशत जति अपाङ्गता भएका सुपरिवेक्षक र गणक थिए । भौगोलिक कठिनाईको कारण उहाँले गरेको मिहिनेत देख्दा पटक पटक भावुक भए । बच्चा सँगै काममा खटिएका देख्दा साह्रै मन दुख्यो यो अवधिमा कुनै सुपरिवेक्षक र गणकले काम विगारेको छ फेरी अर्को कितावमा भर्न लगाउनु पर्छ भनेर मेरो सहकर्मि कर्मचारीहरुले सिफारिस गर्दा समेत ठोस जफाव दिन सकेन् ।
मिले सम्म उही कितावमा काटेर सच्याउन लगाए । उनीहरुले गरेको मेहेनत सम्पर्क हुन नसकेर नै विग्रेको हो । हामीले पनि सबै ठाउँमा पुग्न सकेका थिएनौ । तैपनि सबैजनाले गरेको काम हालसम्मको हेर्दा राम्रो छ सोध्नु नपर्ने ठाउँमा पनि सोधेको वाहेक खासै विगारेको देखिदैन । भौगोलिक कठिनाईको कारण धेरै जसो गणकहरुले गाउँमा डाँडामा गएर मात्र फोन लाग्ने ठाउँ भएकोले कार्यक्षेत्रबाट हिडेर २ घण्टा डाँडामा गएर समेत सम्पर्क गरेका छन् ।
गणकहरुलाई सञ्चार सुविधा नभएकोले मैले कल काटेर आफै फोन गर्ने प्रयास गर्थे तर उनीहरुले चाहेको वेला मात्र फोन लाग्ने भएकोले धेरै जसो उतैबाट सम्पर्क भयो यसमा पनि गणक साथिहरुको ऋणी भए यसरी यि सबै कुरा विश्लेषण गर्दा धेरै जसो गणकहरुले उपलब्ध गराएको सुविधालाई गौण मानी आफ्नो ठाउँको जनगणनाको विवरण सहि ल्याउनु पर्छ ।
जसले दिर्घकालिन रुपमा अवको दश वर्ष सम्म राज्यका नीति योजना विकास कार्यहरुमा महत्वपुर्ण भुमिका निर्वाह गर्छ भन्ने भावनाका साथ काम गरेको देखियो । जुन कुरा मैले डकुमेन्ट भेरीफिकेसन र तालिमको बेला सुपरिवेक्षक र गणकहरुलाई भनेको थिए ।
यस जिल्लाको सदरमुकाम सुर्खेत जिल्लाको सिमानाबाट नजिकै भएपनि यहाँका वस्तिहरु जुम्ला र डोल्पाका सिमाना सँग जोडीएका कारण पहाडी क्षेत्रमा राखिए पनि भौगोलिक कठीनाई धेरै भएको हिमाली जिल्ला भन्दा कम देखिएन । यति हुदाँ हुदै पनि जाजरकोट जिल्ला २०७५ सालमा आर्थिक गणना गर्न आउँदा भन्दा धेरै परिवर्तन भएको छ ।
सडकहरु विस्तार भएका छन् । डोल्पा जाने बाटो स्तरउन्नति भईरहेको छ । नलगाड जलविद्युत आयोजनाले पनि यहाँको पुर्वाधार विकासमा टेवा पुगेको देखिन्छ मध्यपहाडी लोकमार्गले कुदु देखि भुर हुदै थल हुदै दैलेख सम्मका वस्तिहरुलाई सहज हुदै गएको देखिन्छ । खलंगाबाट पै+क हुदै जुम्लाको टोप्ला ताम्ति हुदै जुम्ला सम्मको सडक सुचारु भएको खण्डमा नेपालगञ्ज जाजरकोट जुम्ला हुदै डाँफे लेक हुदै रारा सम्मको सडक सुचारु भयो भने रारा भ्रमण गर्ने आन्तरिक तथा बाह्य प्रर्यटकको स्टे सेन्टर जाजरकोट खलगांलाई वनाउन सकिने सम्भावना देखिन्छ ।
से फोक्सुण्डोको स्टे सेन्टर पनि जाजरकोटको सदरमुकामलाई वनाउन सकेको खण्डमा आर्थिक सामाजिक रुपमा यहाँको आर्थिक सामाजिक जिवनमा आमुल परिवर्तन हुने देखिन्छ । यहाँको स्थानीय स्तरमा उत्पादन हुने कृषि उत्पादनहरुलाई प्रचार गर्न सकेको र त्यसलाई व्यापारीकरण गर्न सकेको खण्डमा कृषि विकासमा पनि टेवा पुग्ने देखिन्छ । यसरी हेर्दा यो जिल्ला सम्भावना र प्राकृतिक सुन्दरताले भरिपुर्ण रहेको छ ।
राष्ट्रिय जनगणना २०७८ मा प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद दवकोटा ज्यू समन्वय समितिका सदस्य ज्यू स्थानिय समन्वय समित जिल्ला जनगणना कार्यालयका कर्मचारी स्थानीय जनगणना कार्यालयका कर्मचारी सबै सुपरिवेक्षक गणक जिल्ला स्थित पत्रकार राजनितिक दलका प्रमुख लगायत सबैमा ह्रदय देखि हार्दिक आभार व्यक्त गर्दछु ।
भोलीका दिनमा पनि अवसर प्राप्त भयो भने जाजरकोटमा फेरी पनि काम गर्न आउने प्रतिवद्धता व्यक्त गर्दै सबैमा धन्यवाद जाजकोट जिल्लाको भोलीको दिन आर्थिक सामाजिक राजनितिक विकास होस अर्को पटक आउँदा विकासले फड्को मारेको हेर्न पाउने अपेक्षा गर्दै कठिनाईको बावजुत उत्कृष्ट काम गर्ने सुपरिवेक्षक गणक प्रति फेरी पनि धन्यवाद व्यक्त गर्दछु ।
जनगणना गर्दाका केही तस्विरहरू


















































। २५ मंसिर २०७८, शनिबार