नलगाड नगरपालिकामा तालाबन्दी

No description available.
खलंगा । जाजरकोटको नलगाड नगरपालिकामा तालाबन्दी गरिएको छ । बालबिकास शिक्षक र बिद्यालय कर्मचारीहरुले नगरपालिकामा तालाबन्दी गरेका हुन । स्थानिय सरकारले ७ हजार रुपैया थप्नु पर्ने संघीय सरकारको निर्णय तथा निर्देशन अनुसार नलगाड नगरपालिकाले नबढाएको भन्दै तालाबन्दी गरिएको बालबिकास शिक्षिका सिर्जना खड्काले जानकारी दिइन् ।

चालु आर्थीक वर्षको बजेटमा संघीय सरकारले बजेट वक्तव्य मै बिद्यालय कर्मचारी र बाल बिकास शिक्षकहरुको न्युनतम पारिश्रमिक १५ हजार पुर्याउने उल्लेख गरेको थियो । २ हजार संघीय सरकारले थप्ने र ७ हजार पालिकाहरुले थपेर १५ हजार पुर्याउने भएको भएपनि नलगाड नगरपालिकाले ७ हजार नथपेको उनीहरुको भनाई छ ।

बित्तिय समानिकरणको बजेटबाट कुनै पनि तलव भत्तामा खर्च गर्न नमिल्ने भनि अर्थ मन्त्रालयबाट पत्र आएको आन्तरिक राजश्वमा ७ हजार दिन सकिने अवस्था नरहेपछि कार्यान्वयन नगरिएको नलगाड नगरपालिकाले जनाएको छ ।

बालबिकास शिक्षिका र बिधालय कर्मचारी हरुले संघिय सरकारको निर्णय तथा निर्देशन नलगाड नगरपालिकाले कार्यान्वयन नगरेसम्म आन्दोलन जारी राख्ने बताएका छन् । जस अन्तर्गत पौष २१ गते नगरपालिका र शिक्षा युवा तथा खेलकुद शाखामा तालाबन्दी गर्ने, २२ गते नगरपालिकामा १ घन्टा धर्ना गर्ने र पालिकाका कर्मचारीहरुलाई कार्यालयमा प्रवेश गर्न रोक,२३ गते नगरपालिका घेराउ,२४ गते हातमा कालो पट्टि बाधी नगरपालिकामा धर्ना , २६ गते पालिकाका सबै बिद्यालयहरु बन्द गर्ने, २७ गते पालिकाका सबै वडा कार्यालय हरुमा ज्ञापन पत्र बुझाइ कामकाज ठप्प पार्ने,२८ गते देखि पालिका भित्रका सबै बिद्यालयहरु अनिश्चित कालका लागि बन्द गर्ने र नलगाड नगरपालिकाले गर्ने कुनैपनी कार्यक्रममा बिद्यालयको सहभागिता नगर्ने गरि आन्दोलनका कार्यक्रम घोषणा गरिएको विद्यालय कर्मचारी डम्बर शाहीले बताए ।

तपाईको प्रतिक्रिया