आगामी चुनावमा छेडागाडमा माओवादीको सरकार बन्छ : अपिल

No description available.नेकपा माओवादी केन्द्र छेडागाड नगर कमिटी अध्यक्ष चन्द्रबहादुर थापा ( अपिल) संग नगर कमिटीका गतिविधी, माओवादी पार्टीका अवका एजेण्डा, चुनावी तालमेल लगायतका विषयमा हाम्रो पहुँच डटकमकर्मी भुुपेन्द्र नेपालीले गरेको संक्षिप्त कुराकानीको सम्पादित अंश ।

माओवादी केन्द्र छेडागाडको अध्यक्ष बन्नुभएकोमा हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना ।
धन्यवाद ।
तपाईको राजनीतिक यात्रा कसरी शुरु भयो ?
मेरो राजनीतिक यात्रा २०५४ देखि तत्कालिन नेकपा एमाले निकट विद्यार्थी संगठन अखिलको मावी इकाइ कमिटी अध्यक्ष हुँदै २०५६ संसदीय निर्वाचन सम्म एमालेको राजनीतिमा सक्रिय हुदै २०५७ साल देखि तत्कालिन नेकपा माओवादी पार्टीद्धारा संञ्चालन भएको महान जनयुद्ध र आमुल परिवर्तनको नेतृत्व गर्ने उक्त पार्टीको स्थानीय सत्ता गाजस उपप्रमुखको जिम्मेवारी सम्हाल्दै २०५८ फागुन १ देखि भुमीगत भई हाल सम्म उक्त पार्टीमा निरन्तर र सक्रिय रुपमा काम गर्दै आएको छु ।

२०७० मा एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीको जिल्ला सचिवमा काम गर्दै हाल नेकपा माओवादी केन्द्रको जिल्ला सचिवालय कमिटी सदस्य हुँदै छेडगाड नगर समितिको अध्यक्षमा रुपमा सक्रिय रुपमा लागिर रहेको छु ।

जनयुद्धको कुन कुरा तपाई विर्सन सक्नु हुन्न ?
जनयुद्धको समयमा मैले विर्सन नसक्ने कुराहरुमा २०५९ कात्तिकमा भएको एतिहासिक जुम्ला कार्वाहीका विभिन्न घटना परिघटनाहरु तथा त्यसक्रममा पार्टीको तर्फबाट संञ्चालन भएको जनवादी शिक्षाको प्रारम्भिक अभ्यास जुने बाल संरक्षण केन्द्रको प्रमुख शिक्षकको हैसियतले गरेका शैक्षिक व्यवस्थापकीय र राजनैतिक सामाजिक संस्कृतिक कामहरु अहिले सम्म ताजै छन् ।

यस्तै, २०६० साल माघ ९ गते हालको छेडागाड नगरपालिका वडा नं.२ स्थित वाउनगाउँ तोली वस्तीमा पार्टीको जिल्ला स्तरिय राजनीतिक कार्यक्रमको लागि भेलामा जम्म भएका निहत्था कार्यकर्ता माथी तत्कालीन शाही सेनाद्धारा घेरा बन्दी गरी कमरेड सुमीत्रा आचार्य (क.सुक्ष्म) लाई गोली हानी हत्या गरेको तथा अन्य थुपै्र महिलाहरुलाई कब्जामा लिई दव्र्यवहार सहित तीन जना महिला कमरेडहरुलाई भोली पल्ट जंगलमा हत्या गरेको यस्ता घटना परिघटना अझै अविस्मरणीय छन् ।

अव माओवादी केन्द्र छेडागाड नगर कमिटीले कस्ता काम गर्छ ?
माओवादी केन्द्रको छेडागाड नगर कमिटीले आफ्नो पार्टीको आन्तरिक अवस्था सुधार गर्न सांगठनिक राजनैतिक वैचारिक सामाजिक, साँस्कृतिक र विकास निर्माणसंग सम्बन्धीत रणनीति वनाएर अगाडी बढ्ने संकल्प गरेको छ ।

स्थानीय सरकारका कामहरु कसरी हेर्नुभएको छ ? प्रतिप्रत्यक्षको हैसियतले ?
नेकपा माओवादी केन्द्र छेडागाडमा जिम्मेवार प्रतिपक्ष्यको भुमिकामा रहेको छ । हामीले सरकारका राम्रा कामहरुको समर्थन गर्ने गलत कानुन विपरीत, निती विपरीतका कयौं काम कार्वाहीलाई विरोध, कयौं जनविरोधी विभेदकारी निती निर्माण र बजेट विनियोजनका कामहरु भईरहेकाले यस्ता कार्यहरु नगर्न नगराउन स्थानीय सरकारलाई पार्टीको तर्फबाट सचेत रहन आग्रह गर्दै त्यस्ता प्ररकारका क्रियाकलापहरु दोहोरिन गएमा विरोध एवंम भण्डारफोर गर्दै प्रतिवाद गरिने जानकारी गराईन्छ ।

माओवादी भित्र पनि गुटको राजनीति चलिरहेको छ भन्ने सुनिन्छ तपाईलाई के लाग्छ ?
हरेक पार्टीहरुमा विचार समुह स्वभाविक हुन्छन् । विचार समुह अनुसार वहस गरी पार्टीलाई क्रान्तिकारी बनाउनु र जनतालाई सोही अनुसारको नीति कार्यक्रममा स्पष्ट गर्नु र असल राजनीतिक दृष्टीकोण सिद्धान्त अनुसार चल्नु पार्टीको मान्यता रही आएतापनि अन्य दलहरुको जस्तो गुटबन्दी अवस्था हाम्रो पार्टीमा छैन् ।

नगर अधिवेशनमा धेरैको असन्तुष्टि थियो भन्ने छ त ?
हाम्रो पार्टीको भर्खरै सम्पन्न भएका वडा तथा नगर सम्मेलनबाट कमिटिहरु सर्वसहमत रुपमा निर्वाचित भएका छन् । पार्टीको विधान अनुरुप सांगठनिक संरचना र स्वरुपहरुमा नेता कार्यकर्ताको उचित मुल्याङ्कन व्यवस्थापनमा मुलभुतरुपमा हामी सफल भएका छौं । एककाँध व्यक्ति नेता कार्यकर्तालाई विधानको व्यवस्था अनुरुप जिम्मेवारी प्रदान गर्दा ।

तलमाथी परेको हुन स्वभाजिक हो । र त्यस किसिमका बुझाइमा अन्तर छलफल समन्वयको अभावका कारणले कयौं समस्या आएको बाहेक अन्य असन्तुष्टी छैन् । र नमिलेका धेरै विषयहरु पार्टीको आगामी पुषमा सम्पन्न हुने राष्ट्रिय सम्मेलन पछि मिलाउदै जानेछौ ।

माओवादी केन्द्र छेडागाड कमिटीले अव गर्ने महत्वपूर्ण कामहरु केके हुन् ?
छेडागाड नगर समितिले गर्नुपर्ने महत्वपूर्ण काम एतिहाँसिक जनयुद्धबाट प्राप्त उपलब्धीहरु गणतन्त्र संघीयता, धर्मनिपेक्षता, समानुपातिक सिद्धान्त सामाजिक न्याय सहितको लोकतान्त्रिक पद्धतिको कार्यान्वयन गर्दै एक्कासांै शताब्दीको समाजवाद प्राप्तीको यात्रामा आगाडी बढ्ने क्रान्तिकारी स्फीट भएको मुलधारको राजनीतिक दल भएको कुरा जनता सामु स्पष्टी गर्ने ।

सबै शोसित, पीडित, गरिब, मजदुर, किसानहरुलाई पार्टीका सबै जनवर्गिय संगठन र पार्टी संगठित गर्दै पार्टीमा गोल बन्द गर्ने । विकास निर्माणका कार्यहरुमा सरकारका सबै तह निकाय र संरचनाहरुमा कानुनी र नितीगत समन्वय सम्पर्कबाट पहल कदमी गर्ने ।

सरकारले गरेका राम्रा सिर्जनशिल र सकारात्मक कार्यहरुको प्रशंसा प्रचार र सकारात्मक सन्देश प्रवाह गर्ने । सरकारको तर्फबाट भएका र हुने गरेका कानुन विपरीत राजनीतिक नियुक्तीहरु मापदण्ड विपरीत बजेट तथा कार्यक्रम वितरणको एकलौटीपनलाई खारेज गरी सम न्यायिक विकास र समान अवसरमा विधीअनुसार शासन गर्न सरकारलाई सचेत गराउने तथा गलत व्यवहारको विरुद्ध भण्डाफोर गर्ने ।

अवको स्थानीय तहको चुनावमा माओवादीले त्यहाँ सरकार बनाउन सक्छ ?
छेडागाडमा सरकार बनाउन सक्छ । हाम्रो पार्टीप्रति जनतामा एक पटक फेरी आशा र विश्वास जागरित भएको छ । राजनीतिक हिसावले संविधान र संघीयता कार्यान्वयनको जटिलता र चुनौतीलाई हाम्रो पार्टी माओवादी केन्द्रले मात्रै गर्न सक्ने जनधारणमा बुझाईरहेकोले हामी आगामी निर्वाचनमा पहिलो पार्टी हुन सक्छौ ।

अहिले भनिएजस्तै स्थानीय तहको चुनावमा पनि गठबन्धन हुन्छ ?
गठबन्धको सम्भावना थप बलियो र प्रवल बन्दै गएको छ । किनकी एक थरी सत्ताशिल पार्टी र गुट मनोगत स्वइच्छाचारिक हुँदै सरकार संञ्चालका मुल्य मान्यता विधी पद्धति विपरीत चल्दै गएको देखिन्छ भने अर्काे तिर राजनीतिक हिसाबले प्रतिगामी सोच र चरित्र अंगिकारी गरेको अवस्था आज राष्ट्रिय राजनीतिले प्रष्ट गरेको छ ।

अन्त्यमा के भन्नुहुन्छ ?
अब छेडागाड वासी सम्पुर्ण आमाबुवा दाजुभाई तथा दिदी बहिनीहरु र हाम्रो पार्टीका सेलदेखि नगर सम्मका सबै कमिटीहरुमा आवद्द कामरेडहरु, जनवर्गिय संगठका सम्पुर्ण जिम्मेवारीमा रहनभएका कामरेडहरु, हाम्रो पार्टीका सुभेच्छुक, शुभचिन्तक, शिक्षक, बृद्धिजिवी, युवा विद्यार्थी, पत्रकार,कर्मचारी, जनप्रतिनिधी, सुरक्षाकर्मी, व्यापारी व्यवसाहीहरुद्धारा हाम्रो पार्टीको दोस्रो नगर सम्मेलन भव्यताको साथ सम्पन्न गर्नुभएका सबै खाले योगद्धानको उच्च मुल्याङ्कन गर्दै हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

तपाईको प्रतिक्रिया