
जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका २ अयर्ना घर भएका जयराज नेपाली हाल दुवैमा काम गरिरहेका छन् । उनीले दुवैमा काम गर्न थालेको करिब नौ महिना भएको छ ।
उनी भन्छन, हाम्रो देशलाई कुशल नेतृत्वको आवश्यकता छ । देश विकास र नागरिकलाई रोजगारीको व्यस्था गर्नको लागि हाम्रो देशमा नेतृत्व परिवर्तन हुन आश्यक छ । हाम्रो देशमा नेतृत्वहरु कमजोर भएको कारण लाखौं युवाहरुले प्रदेशमा पसिना बगाई रहेका छन् ।
म यहाँ रहरले होईन वाध्यताले प्रदेशी आएको छु । गरिबी र वेरोजगारीका कारण मैले आफ्नो जन्मभूमि छोडेर प्रदेशको यात्रा थालेको हुँ । देशमा रोजगारीको अभाव, उच्च गरिबीका कारण म मात्र होईन म जस्तै लाखौंको संख्यामा युवाहरुले प्रदेशको यात्रा तय गरेका छन् ।
हामी सानो हुँदा आमाबुवाले आफ्नो भोको पेट, फाटेको चोली, टालेको टोपीसंग दिन रात काम गरेर हामीलाई शिक्षाको पहुँच सम्म पु¥याउनु भयो । आमा बुवाले सोच्नु भएको थियो । हाम्रो छोरा पढेर भविष्यमा जागिर खान्छ, तर आज त्यसो नभएर हाम्रो देशमा पहुँच र पावरको भरमा जागिर मिल्छ ।
देशमा बसेर आमाबुवाको छोराछोरी श्रीमतीको ईच्छा चाहानालाई पुरा सकिएन । आमाबुवाको उमेर ढल्कीदै गरेको बेला काम गर्ने क्षमता सकिदै गरेको बेला तिनै आमाबुवाको रगत पसिनाले मोसिएका ति शैक्षिक योग्यताको प्रमाण–पत्रहरु संगै बाबाआमाको सपनालाई पनि झोलामा बोकेर प्रदेशी भुमिमा पसिना बगाई रहेको छु ।
हामी जन्मेको हुर्केको माटोमा त हामीलाई आफ्नो योग्यात अनुसारको क्षमता अनुसारको रोजगार पाउन सकिएन । अर्काको देशमा कसरी हाम्रो योग्यताको मुल्याङ्कन गथ्र्यो र । यो प्रदेशी भूमिमा काम गर्दैगर्दा मेरो क्षमता अनुसार भन्दा पनि मेरो क्षमताको पाँच प्रतिशत पनि मुल्याङ्कन नभएको महसुस गरेका छु । यहाँ ५० देखि ५५ डिग्रीको तापक्रममा काम गर्दापनि आफ्नो ईच्छा अनुसारको खाना बस्नको समय समेतको निश्चित छैन् ।
मैले देखे र भोगे अुसार म भन्छु रोजगारीको सिल्सिलामा प्रदेश आएका कुनै पनि नेपाली युवाले आफ्नो क्षमता अनुसारको रोजगारी पाउन सकेका छैन् । गरिबी र बेरोजगारीका कारण यसैमा पनि चित्त बुझाएर दिनमा ११ देखि १३ घण्टा काममा निरन्तर खटिरहेका छन् ।
चुनावको क्रममा राजनीतिक दलका नेताहरुले थुप्रै झुटा आसपासन देखाएका थिए । दिन भरी काम गरेर विहान बेलुका छाकटार्ने जनताहरुलाई उनीहरुको सोच्ने क्षमता भन्दा पनि बढी झुटा आसपासन बाँढेका थिए ।
एक घर एक रोजगार भन्दै गाउँ गाउँमा गएर झुटो नारा लगायर वेरोजगार, गरिब जनताको भावनासंग खेलबाड गरेका छन् । म लगायतका थुप्रै साथीहरु तिनै नारा लगाउनेहरुको पछि लागेका थियौं । हिजो चुनावको बेला विभिन्न संगठनका रुपमा हामीलाई परिचालन गरिएको थियो । अहिले ति सबै संगठहरु गुनगाममा छन्, आज तिनै संगठनहरुका हजारौं नेतृत्वहरु प्रदेशी मुलुकहरुमा पसिना बेचि रहेका छन् ।
दिन भरी काम गरी बिहान बेलुकीको छाक टार्ने जनताहरुलाई आफ्नो राजनीतिक यात्रालाई सफल बनाउनका लागि झुटा आसपासनको भाषण सुनाएका थिए । कतिपय स्थानीयहरु बेलुका खाली पेटमासंगै निधाएका थिए । नेता जनताको त्यो समस्याको समाध गर्नु पर्नेमा हामीलाई भोट गरेर जिताउनुहोस भन्दै टोल टोलमा हात जोडिरहेका थिए ।
निर्वाचन भएको करिब पाँच बर्ष पुग्दा पनि कुनै पनि नेता जनताको घर दैलोजा पुग्न सकेका छैन्न । चुनाव जितेका नेताहरुलाई सुर्खेत, काठमाण्डौं गर्दै दिन वितेका छन् । चुनावमा हारेका नेताहरुले आफ्नो राजनीतिक यात्रा अन्तिम स्थितीमा पुगेका सोचेका छन् । कोही पनि जनताको समस्याको समाधानमा जुटेका छैनन् । सुन्दै छु म लागाएतका थुप्रै युवाहरुले आशा भरोसा गरेका नेताहरुलाई आज भोली कुर्सीको ठुलो दौडान चलेको छ ।
हामी अझै आशा गर्छौं सरकारले हामी सबैलाई रोजगारीको व्यवस्था गरिदिन्छ भने हामी एक दिनमा १२ देखि १३ घण्टा मात्र होईन १३ देखि १६ घण्टा भएपनि हामी हाम्रो देशको लागि काम गर्न तयार छौं ।
हाम्रो आवश्यकता र अहिलेको अवस्थाले भन्नुपर्दा नेपालमा नेता छन् तर कुशल नेतृत्व छैन्, देशलाई विकास गर्नुपर्छ, युवाको सहि प्रयोग गर्नुपर्छ भन्ने मनसाय छैन् । हाम्रो देशमा चलिरहेको राजनीतिक किचलोको कारणले गर्दा पनि युवाहरुले प्रदेशको यात्रा तय गरिरहेका छन् ।
आफै देशमा दक्षता अनुसारको रोजगारीको व्यवस्था भयो भने कुनै पनि नेपाली नागरिकले प्रदेशको यात्रा तय गर्दैन । हामीलाई प्रदेश होईन रोजगारी चाहिएको हो । नागरिकको सिप क्षमताको उच्च मुल्याङ्कन गरि देशले प्रदेशमा काम गर्ने सबै युवाहरुलाई परिचालन गर्न नसकिएपनि ७५ प्रतिशत युवाहरुलाई आफ्नो देशमा देश विकासका लागि परिचालन गर्न सकियो भने पनि हाम्रो देशको विकास गर्न सकिन्छ ।
नागरिकलाई जीवीकोपार्जन गर्ने बाटो चाहिएको हो । देशलाई विकास गर्ने दक्ष जनशक्ति चाहिएको हो । थोरै आर्थिक भएपनि दिर्घकालिन व्यवस्था भयो भने देशमा गरिबी युनिकरण पनि हुन्छ र देश विकास पनि हुन्छ । जनताई निश्चित रोजगारी र देशलाई विकासको स्थानमा पु¥याउन सकिन्छ ।
















































। १९ मंसिर २०७८, आईतवार