
खलंगा । जिल्लाको भेरी नगरपालिकाको न्यायिक समितिले न्याय दिन नसकेको मुद्धा आफुहरुले पीडित पक्षलाई न्याय प्रदान गरेको नेकपा विप्लव भेरी नगर कमिटीले दावी गरेको छ ।
नगरपालिकाको वडा नं. १२ भण्डारी गाउँमा बस्ने देवी भण्डारीले वडा नं. ११ घर भई हाल वडा नं. १२ मा व्यापार व्यवसायी गर्दै आएका बालकृष्ण जैसी बाट आर्थिक लेनदेनमा न्याय पाउ भनी नगरपालिकामा निवेदन दिएको भएपनि न्यायिक समितिले दिने कागज बनाएको तर पीडितले न्याय पाउन नसकेको अवस्थामा आफुहरुले पीडित पक्षलाई रकम उपल्ब्ध गराई न्याय प्रदान गरेको नगर कमिटि अध्यक्ष उपेन्द्र सिंह ( हिमाल) ले बताए ।

उनले भने, ‘हाम्रो पार्टीले यस मुद्धामा सुक्ष्म अध्ययन, अनुसन्धान गरी पीडित पक्षलाई नब्बे हजार उपलब्ध गराएको छ ।’
पक्ष विपक्ष दुवै टीमलाई बसालेर न्याय दिएको उनले बताए । रकम बुझ्दै पीडित देवी भण्डारीले मरेको न्याय पनि नेकपा (विप्लव) पार्टीका कारण रकम प्राप्त गरेको भन्दै खुशी व्यक्त गरिन् । भेरी नगरपालिकाको न्यायिक समितिको गत मंसिर १ गते बसेको वैठकले पीडित पक्षलाई १ लाख २७ हजार ५ सय उपलब्ध गराउने भनी निर्णय गरेको थियो ।
न्यायिक समितिले गरेकाे निर्णय


















































। १९ मंसिर २०७८, आईतवार