कर्णालीको सभापतिमा संस्थापन समुहका शाही विजय

फाइल।
सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेशको सभापतिमा ललितजंग शाही विजय भएका छन् । शाही संस्थापन (सभापति शेरबहादुर देउवा)समुहका हुन् ।

कुल खसेको ७ सय ५४ मतमध्ये ललितजंगले ४ सय २२ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी भुपेन्द्रजंग शाहीले ३ सय १७ मत प्राप्त गरे भने मोतीराज बलमे ७ मत प्राप्त गरेका छन् । खसेको कुल मतसंख्यामध्ये ८ मत बदर भएको छ ।

भुपेन्द्रजंग संस्थापनइतर (वरिष्ठ नेता रामचन्द पौडेल)समुहका हुन् भने मोतीराज पार्टी उपसभापति विमलेन्द्र निधी समुहका हुन् ।
सभापति बाहेकका अन्य पदाधिकारी तथा सदस्यहरुको मतगणना जारी छ ।

कर्णाली प्रदेशको पहिलो सभापति बनेका जुम्लाका शाही यसअघि २०७० सालमा संविधान सभा सदस्य थिए।

नेपाली कांग्रेसको कर्णाली प्रदेश सभापतिमा ललितजंग शाही निर्वाचित भएका छन्। शनिवार भएको निर्वाचनबाट शाही ४२२ मत ल्याएर सभापतिमा निर्वाचित भएका हुन्।

संस्थापनइतर समूहका भूपेन्द्रजंग शाहीले ३१७ मत ल्याएका छन्। यस्तै निधि समूहबाट सभापतिका उम्मेदवार बनेका मोतीराज बमले ७ मत मात्र ल्याए। जम्मा ७५४ मत खसेको निर्वाचन समितिले जनाएको छ।

अरू पदाधिकारी र सदस्यहरुको मतगणना भईरहेको निर्वाचन समितिले जनाएको छ । कर्णाली प्रदेशको पहिलो सभापति बनेका जुम्लाका शाही यसअघि २०७० सालमा संविधान सभा सदस्य थिए। भापतिमा पराजित भएका भूपेन्द्रजंग शाही र मोतीराज बम कालिकोटका हुन्।
शाही तरूणदलका महामन्त्री हुन्। यसअघि उनी नेपाल विद्यार्थी संघको उपाध्यक्ष पनि थिए। उनी तीन कार्यकाल विद्यार्थी संघको केन्द्रीय सदस्य बनेका थिए।

२०७० सालको संविधान सभा निर्वाचन र २०७४ को प्रतिनिधि सभामा उम्मेदवार बनेका शाही दुवै पटक माओवादीका महेन्द्रबहादुर शाहीसँग पराजित भएका थिए।

मोतीराज बमले केही समयअघि मात्र निधि समूहमा लागेका हुन्। प्रदेश अधिवेशनमा उनीसँगै १० जना भूगोल सदस्यमा प्यानलबाट उम्मेदवारी परेको थियो।

तपाईको प्रतिक्रिया