गण्डकीमा कांग्रेस सभापति उम्मेदवार शुल्क ९१ हजार !

गण्डकीमा कांग्रेस सभापति उम्मेदवार शुल्क ९१ हजार !
कास्की । नेपाली कांग्रेस गण्डकी प्रदेशको अधिवेशनमा प्रदेश सभापतिमा चुनाव लड्न उम्मेदवारले ९१ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने भएको छ । निर्वाचन स्थलमा सार्वजनिक गरिएको शुल्कअनुसार सभापति हुन ९१ हजार रुपैयाँ उम्मेदवारी दस्तुर तिर्नुपर्नेछ ।

अहिले पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा कांग्रेसको प्रथम प्रदेश अधिवेशन भइरहेको छ ।उपसभापतिका उम्मेदवारले ६१ हजार, महामन्त्रीका उम्मेदवारले ५१ हजार, सहमहामन्त्रीका उम्मेदवारले ४१ हजार र सदस्यले ३१ हजार रुपैयाँ उम्मेदवारी दस्तुर तिर्नुपर्नेछ ।

शुल्क चर्को भएको भन्दै नेता महादेव गुरुङले मञ्चमै गएर विरोध जनाएका छन् । ञयो समाजवादी पार्टी हो कि व्यापारी को ? यो शुल्क नसच्याएसम्म हामी कार्यक्रम चल्न दिन्नौँ,झ उनले भने ।

तपाईको प्रतिक्रिया