कर्णालीमा दलित समुदाय बाट विद्यावारिधि गर्ने गोविन्द्र पहिलो


खलंगा । कर्णाली प्रदेशबाट पहिलो पटक गोविन्द नेपालीले नेपालको दिगो विकासमा दलितको सामाजिक र साँस्कृतिक सीपको प्रयोग शीर्षक विषयमा विद्यावारिधि गर्नुभएको छ । नेपालको सबै भन्दा बढी चर्चित त्रिभुव विश्वद्यालयबाट नेपालीले विद्यावारिधि (पिएचडिको) उपाधि पाउनु भएको हो । कला र सीपले धनि मानिने दलित समुदायको विषयमा विद्यावारिधि गर्ने नेपाली पहिलो बन्नुभएको छ ।

त्रिभुव विश्वद्यालयले सोमबारका एक विशेष समारोह आयोजना गरेर नेपालीलाई विद्यावारिधिको उपाधि प्रदान गरेको हो । नेपालीलाई साविकको कर्णाली अञ्चलका दलित समुदायको तर्फबाट पहिलो विद्यावारिधिको उपाधि त्रिभुव विश्वद्यालयले उपलब्ध गराएको हो । सात वर्षको अथक मेहेनन्तले यो उपाधि प्राप्त गरेको उहाँको भनाई छ ।

साविक जुम्लाको चन्दननाथ गा.वि.स. र हालको चन्दननाथ नगरपालिका वडा नम्बर ३ डाँडाकोटगाउँ निवासी स्वर्गीय बुबा मुनी नेपाली र आमा अर्मृता नेपालीको कोखबाट २०३६ कार्तिक ५ गते गोविन्द नेपाली जन्मुनि भएको थियो । नेपालको दिगो विकासमा दलितको सामाजिक र साँस्कृतिक सीपको प्रयोग शिर्षकमा त्रिभुव विश्वविद्यालयले विद्यावारिधि (पिएचडिको) उपाधि उपलब्ध गराउँदा आफु निकै खुसी र हर्षित भएको उहाँको भनाइ छ ।

एक सामान्य र दलित परिवारमा जन्मिनुभएका नेपालीको यो अध्ययनले नेपालको दलित समुदायको सीप र कलाको संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने आशा गरिएको छ । विद्यावारिधि प्राप्ति पश्चात् उहाँले भन्नुभयो, कर्णाली जस्तो अत्यन्त न्यून गुणस्तरको प्रारम्भिक शिक्षा लिएर दलित समुदायमा भएको कला र सीपको संरक्षणमा लिपिवद्ध गर्न खोजेको बताउनु भयो ।

यद्यपि मलाई सधैँ केही नयाँ गरौँ र सिकौँ भन्ने कुरामा अलि बढी ध्यान हुन्छ उहाँले भन्नुभयो । विद्यावारिधिका क्रममा नेपालीले स्वर्ण पदक, राष्ट्यि प्रतिभा र उत्कृष्ट लेखक जस्ता बहुसम्मानित पदक हासिल गरि सक्नु भएको छ । उहाँले हाल कर्णाली र दलित संग्रालयको राजधानीमा स्थापना समेत गर्नु भएको छ । उहाँको यो अध्ययन दलित समुदायको कला र सीपको संरक्षणमा कोसेढुङ्गा सावित हुने विश्वास गरिएको छ ।

तपाईको प्रतिक्रिया