माओवादी केन्द्र बारेकोटको अध्यक्षमा थापा, सचिवमा शाही

May be an image of 3 people, people sitting, people standing and crowd
बारेकोट । नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र) बारेकोटको अध्यक्षमा हरीबहादुर थापा ( शिखर) चयन भएका छन् । माओवादी केन्द्रको बारेकोटमा भएको सम्मेलन बाट गाउँ कमिटीको अध्यक्षमा थापा चयन भएका हुन् ।

उपाध्यक्षमा योगेन्द्र सिंह ( जलन), ओमबहादुर नेपाली, दलबहादुर सिंह ( विशाल), सचिवमा बसन्त शाही, सह सचिवमा प्रेम बोहरा, र रमा रावत चयन भएको बारेकोट गाउँ कमिटीले जनाएको छ ।

संघीयता पछिको पहिलो गाउँ अधिवेशन निकै उत्साहजनक तवरले सम्पन्न भएको बारेकोट गाउँ कमिटीका अध्यक्ष हरिबहादुर थापाले बताए ।  ६५ जना  गाउँ कमिटी निर्माण गरिएकाे छ ।

गाउँ अधिवेशनमा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश कमिटी सचिव रामदीप आचार्य, कर्णाली प्रदेश कमिटी सदस्य एवं कर्णाली प्रदेश सभा सदस्य गणेशप्रसाद सिंहले सम्बोधन गरेका थिए ।

तपाईको प्रतिक्रिया