हलिया मुक्त समाजको बृहत भेला सम्पन्न

भुपेन्द्र नेपाली
खलंगा । जिल्ला हलिया मुक्ति समाजको बृहत भेला जाजरकोटमा सम्पन्न भएको छ । गाउँ गाउँबाट उठौं बस्ती बस्तीबाट जुटौं भन्ने नाराका साथ जिल्ला हलिया मुक्त समाज जाजरकोटका जिल्ला अध्यक्ष डम्बर बहादुर नेपालीको प्रमुख अथितिमा सम्पन्न भएको हो ।

बृहत भेलामा बारेकोट गाउँपालिकाका ६ जना, कुशे गाउँपालिकाका १७ जना, जुनीचाँदे गाउँपालिकाका १ जना, नलगाड नगरपालिकाका १५ जना, छेडागाड नगरपालिकाका ७ जना र भेरी नगरपालिकाका ८ जना गरि जम्मा ५४ जना हलिया र छुट हलियाहरुको उपस्थिती रहेको जिल्ला हलिया मुक्त समाज जाजरकोटका अध्यक्ष डम्बर बहादुर नेपालीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया