बारेकोटमा दुई हजार तीन सय ५२ जनाले लिए निःशुल्क स्वास्थ्य सेवा

काली प्रसाद थापा
बारेकोट । जिल्लाको बारेकोट गाउँपालिकामा सञ्चालन गरिएको तीन दिने शिविरबाट दुई हजार तीन सय ५२ जनाले निःशुल्क स्वास्थ्य सेवा लिएका छन् ।

कादुरी एग्रीकल्चरल एण्ड एशोसिएशन ब्रिटिस गोर्खाज पोखरा द्वारा बीरेन्द्र ऐश्वर्य माद्यामिक बिद्यालय बारेकोट २ लिम्सामा मंसिर १० गते १३ गते सम्म सञ्चालन गरिएकाे शिविर बाट दुइ हजार तीन सय ५२ जनाले  स्वास्थ्य सेवा लिएका हुन् ।  बारेकोट देखि सामान्य उपचारका क्रममा जाजरकोट, रुकुमको चौरजहारी मिसन अस्पताल, नेपालगन्ज र सुर्खेत आफ्नै खर्चमा धाउनुपर्ने बाध्यतात्मक परिस्थितिमा यो शिबिर सन्चालन हुदा बारेकोटका स्थानीयहरु खुसी भएको छन् ।

उक्त शिबिरमा आँखा, कान, स्त्रीरोग, दाँतको उपचार भएको थियो भने कुशे ,नलगाढ र बारेकोट गरी जम्मा दुई हजार तीन सयको उपचार भएको र जसमा आँखा सामान्य परीक्षण १ हजार १ सय १८ मध्य ४१ जनाले मोतिबिन्दु शल्यक्रिया, ४ सय ५८ दाँतको उपचार, स्त्रीरोग वा पाठेघर परीक्षण ३ सय ५२ जनाले सेवा लिएका छ्न् । अहिले सम्मकै बाक्लो उपस्थित बारेकोटमा भएको र बिरामीहरुलाई नाम दर्ता देखि सम्पूर्ण औषधी निःशुल्क प्रदान गरिएको कादरी एग्रीकल्चरल एड एशोसिएसनका प्रमुख राजन राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया