जाजरकोटमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु

खलंगा । जाजरकोटमा बस दुर्घटना  हुँदा ५ जनाको मृत्यु भएको छ । नेपालगन्ज देखि रूकुम पश्चिमकाे राडिबजार जाँदै गरेको ना छ ख २७५७ नम्बरको रात्री बस कुदु बराहचौक नजिक दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको जाजरकोटका डीएस्पी मधुकुमार थापाले जानकारी दिए ।

डीएस्पी थापाका अनुसार बसमा ३२ जना यात्रु सवार थिए । घाइते रहेका २७ जनाको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ । राती नै बस दुर्घटना भएपनि प्रहरी भने बिहान मात्रै घटनास्थल पुगेर उद्धारको काम सुरु गरेको थियो । घटनाको थप विवरण आउँन बाँकी र घटनाको विषयमा थप अनुसन्धान भई रहेको प्रहरीले बताएको छ । ।

तपाईको प्रतिक्रिया