जो कहिल्यै आफ्नो पेशाबाट पछि हटेनन् !

‘आफ्नो जिन्दगी बदलेर अरुको बदलिरहेका छन्’


कालीबहादुर नेपाली
जाजरकोट । नेपालीमा एउटा भनाई छ, ‘जो आफ्नो कर्म बाट पछि हट्दैन्, उ जिन्दगीमा सधै सफल मानिन्छ’ यही भनाईलाई आत्मसाथ गर्दै    छ्न् भेरीका मिलन र कुशेका भीमसागर परियार । नगरपालिका १ डौरीकाँडा बस्ने वुवा भीमे दमाई र आमा धनसरीदेवी दमाईको कोख बाट २०३८ साल श्रावण १८ गते घरको माईलो छोराको रुपमा मिलन परियारको जन्मभयो ।

जन्मभएको १४ बर्ष सम्म गाउँमा मिलापात, घाँसपात, ज्याला मजदुरी र छरछिमेकीको काम गर्दै बाल्यकाल वित्यो । घरको आर्थिक अवस्था कमजोर र विद्यालय समेत धेरै टाढा भएका कारण विद्यालय पढ्ने वातावरण समेत मिलेन् । मिलनले भने, हामी कहाँ पढ्न सक्ने स्थिति थियो र त्यतिवेला जहाँ काम गरेर एक छाक खाना जुटाउन समेत मुस्किल हुन्थ्यो ।

केही गर्ने मन हुदाँहुदै पनि आर्थिक अवस्थाले खासै साथ दिएको थिएन् । मेरो वुवाले अरुकै ज्याला मजदुरी गरी हामीलाई पाल्नुभयो । वुवा आमाले कुनै सीप व्यवसाय गर्नु हुदैन्थ्यो । घरको आर्थिक अवस्था कमजोर भएकोले म कालापाहाड (भारत) जानुपर्ने स्थिति सिर्जना हुन्थ्यो । तर मिलनको मनले नेपालमै केही ग¥यौ भन्ने संकल्प बोकेको थियो । उमेर बाल्यकाल भएपनि उनी भविष्यको बारेमा निकै चिन्ता गथ्र्ये ।

जिन्दगीले सोह्र बसन्त पार गर्दै गर्दा मिलनको मनमा एउटा कुरा खेल्यो । ‘अव मैले केही सीपमुलक कामहरु गर्नुपर्छ भन्ने सोच राखेर गाउँ बाट सदरमुकाम झरे, उनले भने, २०५७ सालमा खलंगामा रहेको एउटा सिलाईकटाई गर्ने पसलमा काम गरे, त्यसपछि दुई बर्षपछि २०५९ सालमा १२ हजार लगानीमा उनले न्यू मिलन टेलर्स खोले ।’

पसल खोलियो, पैसा सकियो, अव के गर्ने भन्ने चिन्तामा मिलन परे । नजिकैको एउटा साथीले तल्कालिन घरेलु कार्यालयले १३ हजार ऋण दियो । त्यो ऋण लिएपछि उनको मनमा झनै व्यवसाय गर्ने आँट आयो । १० बर्ष सम्म लगातार उनले सिलाईकटाई व्यवसाय गरे । त्यसपछि जिन्दगीमा खुशीका रंगहरु पलाए । २०६५ सालमा आधिकारिक सिलाईकटाई व्यवसाय सुरु गरेका मिलन व्यवसायमा लागेका १९ बर्ष पुरा भईसेकेको छ ।

कति कमाउँछन् मिलन मासिक ?
१९ बर्ष देखि सिलाईकटाई व्यवसायमा रमाईरहेका मिलनले अहिले महिनाको १ लाख ५० हजार भन्दा बढी कमाई गर्छन् । उनको पसलमा चार जना कालिगढहरुले काम गरिरहेका छन् । उनीहरुलाई मासिक शुल्क सहित खाना, बस्न सबै आफैले व्येहोरी रहेका छन् । उनको मासिक ७० हजार जतिको बचत मात्र हुन्छ । साझँ के खाने भन्ने समस्यामा रहेको मिलनको परिवारलाई सिलाई कटाई व्यवसायले जिन्दगी बदलिरहेको छ । उनका छोरा र छोरी काठमाडौमा पढिरहेका छन् । आफुले विद्यालय शिक्षा लिन नपाएपनि आफ्ना छोराछोरीलाई उच्च शिक्षा सम्म पढाउने सपना बोकेर मिलन काममा लागिरहन्छन् । उनी अहिले पनि दिनमा १६ घण्टा नियमित काम गरिरहेका हुन्छन् । उनको बार्षिक १० लाख भन्दा बढी कमाई गरिरहेका छन् ।

मिलन, जस्तै कुशे गाउँपालिका ५ घरंगाका भीमसागर परियारले सिलाईकटाई व्यवसाय गर्न थालेको १५ बर्ष जति भयो । २०४६ साल फागुन २९ गते वुवा लक्षे दमाई र आमा कल्दरी दमाईको कोख बाट माईलो सन्तानका रुपमा साविकको पैक गा.वि.स.मा उनको जन्मभयो । उनका वुवा पनि सिलाईकटाईमा पोख्त भएका कारण उनलाई सीप सिक्ने निकै सजिलो भयो । सिलाईकटाई व्यवसाय भन्दा विद्यालय पढ्न रुचाउने भीम घरको आर्थिक अभावका कारण विद्यालय पढ्न भने निकै समस्या भयो ।

उनले भने, ‘सानोमा विद्यालय जान समेत निकै समस्या भयो, विद्यालय भर्ना समेत गर्ने पैसा नहुँदा ठुलो उमेर सम्म विद्यालय जान पाईन ।’ घरको आर्थिक अवस्था कमजोर भएर विद्यालय जान नपाएका परियार कक्षा तीन सम्म रहेको कालिका प्राथमिक विद्यालय जन्तालामा पढे । त्यहाँ पढुन जेल सम्म उनी कहिल्यै दोस्रो भएनन् । गाउँमा भएको अन्धविश्वासका कारण उनका भाईको मृत्यु भएका कारण २०५४ सालमा उनीहरुले गाउँ नै छोडे । त्यसपछि उनले दीपेन्द्र माद्यामिक विद्यालय घरंगामा ५ कक्षा बाट पढाई सुरु गरे ।

त्यहाँ पनि प्रथम नै भए । त्यसपछि कक्षा ६ देखि पंैकमा पढ्नुपर्ने बाध्यता थपियो । पढाईमा जेहेन्दार, मिहिनेती र लगनशील उनलाई कापी कलम जुट्यान मुस्किल हुन्थ्यो । उनले भने, ‘त्यो अवस्थमा कोही मेरेको मान्छेको बाजा बजाएर बचेको पैसा अरु साथीहरु खाएर विताउथे, म पढाई खर्च गर्न जुट्याउँदै हुन्थे । त्यसपछि निकै समस्या भएपछि १२ बर्षको उमेर बाट सिलाईकटाई सुरु गरे ।’ तत्कालिन समय माओवादी जनयूद्धका कारण पनि उनले विद्यालयमा पढ्ने प्रेरणा मिलेको बताए । उनले सुनाएको अनुभवमा, ‘हरेक साँझ माओवादीहरुको हाम्रो घरमा गोष्ठी हुन्थ्यो, त्यहाँ छलफल गरिन्थ्यो, पढाई विना अरु केही गर्न सकिदैन, त्यसपछि झन् मलाई पढ्ने निकै प्रेरणा मिल्यो ।’ त्यसपछि सिलाईकटाई व्यवसाय र पढाई संग संग लिए । गाउँकै विद्यालय बाट बाह्र कक्षा सम्म अध्ययन पूरा गर्न सफल भए ।

त्यहाँ बाट गाउँमा रहेको व्यवसायलाई २०६७ सालमा किनेर उनले आफै सञ्चालन गरे । पढाई संगै व्यापारमा जमेका उनलाई हरेक दिनहरु चूनौतीपूर्ण बनेर आए । तर उनले हरेस नखाएको बताए । पढाई अहिले उनीले डिग्री सम्मको भ्याए । कसरी पढ्ने होला भनेर सोचेको भीमसागरको पढाई डिग्री सम्म पुग्यो केही गर्ने सपना बोकेका यूवाको सोचलाई कसैले छेक्न सक्दैन भन्ने पुष्टी हुन्छ । पढाई संगै व्यवसाय पनि उसैगरी फस्टाउन सफल भए । अहिले उनी बार्षिक ८ लाख भन्दा बढी कमाई गर्ने बताउँछन् । उनको पसलमा ५ जना भन्दा बढी कालिगढहरुले काम गरिहरेका छन् । मासिक १ लाख ५० हजार भन्दा बढी कमाई गर्ने उनले वेरोजगारी यूवाहरुलाई रोजगारी समेत दिएका छन् ।

दुई जनाले ३० जना भन्दा बढीलाई सीप सिकाए
मिलन र भीमले हाल सम्म तीस जना भन्दा बढी बेरोजगारी यूवायूवतिहरुलाई सीप सिकाई सकेका छन् । आफ्नै खाना, बास, लगायत गरी उनीहरुलाई सेवा सुविधा दिई सीप सिकाउन लागि परेका छन् । बेरोजगारी यूवाहरुले भोकभोकै मर्न नपरोस् विदेशी भुमिमा गई काम गर्न नपरोस् भन्दै यूवाहरुलाई सीप सिकाईरहेको मिलन परियाले बताए ।

उनले भने, ‘सीप सिक्न चाहानेहरुका लागि हामी तयार छौ, अहिले सम्म ३० जना भन्दा बढीलाई सीप दिएर हामी भन्दा राम्रो गर्ने भईसकेका छन् ।’ यहाँका स्थानीय सरकार, अन्य सरकारहरुले हाम्रो आवश्यकता बुझि काम गरिदिए अझै धेरै गर्न सकिने बताए । ‘नेपालमा काम छैन भन्दै वैदेशिक रोजगारीमा जाने यूवाहरुले नेपालमै केही गर्न सकिन्छ, सीप कुनै सानो ठुलो हुदैन् त्यसैले हामीले गर्न जुरुरी छ’ भीमसागरले भने ।

कुनै वेला दमाई जातीले मात्र गर्ने पेशा भन्दै अवहेलना गर्ने साथीहरुल अहिले लागेको समेत बताए । हामी त केही होइनौ, नेपालमा धेरै जनाले यस पेशा बाट जिन्दगी बदलेका छन् । वैदेशिक रोजदागारीमा भई दु ःख पाउनुभन्दा आफ्नै देश भित्र कुनै व्यवसाय गर्दा जीन्दगी परिवर्तन मात्र होइ्न नाम, दाम र कामको चिन्ता समेत हुदैन् भन्ने पुष्टी गरेका छन् । जाजरकोट कपडा तथा सिलाई कटाई व्यवसाय संघको अध्यक्षमा मिलन छन् भने सचिवमा भीम रहेका छन् ।

तपाईको प्रतिक्रिया