अफगानिस्तानको १८ वर्ष लामो द्वन्द्व अन्त्य गर्न अमेरिका र तालिबानबीच शान्ति सम्झौता

सम्झौता हस्ताक्षरपछि अमेरिकी विशेष दूत जाल्मे खालिलजाद र तालिबानी नेता मुल्ला अब्दुल घानी।सम्झौता हस्ताक्षरपछि अमेरिकी विशेष दूत जाल्मे खालिलजाद र तालिबानी नेता मुल्ला अब्दुल घानी।सम्झौता हस्ताक्षरपछि अमेरिकी विशेष दूत जाल्मे खालिलजाद र तालिबानी नेता मुल्ला

अब्दुल घानी।

अफगानिस्तानमा १८ वर्षभन्दा बढी समयदेखि जारी हिंसात्मक द्वन्द्व अन्त्य गर्न अमेरिका र तालिबानबीच शनिबार शान्ति सम्झौता हस्ताक्षर भएको छ।

अमेरिका र अफगानिस्तान सरकारले जारी गरेको संयुक्त वक्तव्यअनुसार तालिबानले सम्झौता पालना गरेको खण्डमा आगामी १४ महिनाभित्र अफगानिस्तानमा रहेका अमेरिकी तथा उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) का सैनिक फिर्ता हुनेछन्।

कतारको दोहामा भएको समारोहमा अमेरिकी विशेष दूत जाल्मे खालिलजाद र तालिबानी नेता मुल्ला अब्दुल घानीले शान्ति सम्झौता हस्ताक्षर गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाले बिबिसीले लेखेको छ। बिबिसीका अनुसार, समारोहमा अमेरिकी विदेशसचिव माइक पम्पियो र तालिबानी नेताहरू उपस्थित थिए।

यो शान्ति सम्झौतापछि अब अफगानिस्तान सरकार र तालिबानबीच थप वार्ता हुनेछ।

दोहामा भएको सम्झौताअनुसार तालिबानले आफ्नो इलाकामा अल-कायदा लगायत अन्य कुनै पनि उग्रवादी समूहलाई गतिविधि सञ्चालन गर्न नदिने सहमति जनाएको छ।

सन् २००१ सेप्टेम्बरमा अल-कायदाले अमेरिकामाथि आतंकवादी हमला गरेपछि अमेरिकी र नाटो सेना अफगानिस्तान प्रवेश गरेको थियो।

यसबीच अफगानिस्तानमा भएको द्वन्द्व क्रममा २ हजार ४ सयभन्दा बढी अमेरिकी सैनिकको मृत्यु भएको छ। अहिले अफगानिस्तानमा १३ हजारभन्दा बढी अमेरिकी तथा नाटो सैनिक छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले यो द्वन्द्व अन्त्य गर्ने बाचा गरेका थिए।

अर्को समाचार संस्था रायटर्सका अनुसार, यो सम्झौतापछि अमेरिकी तथा अफगानिस्तान सरकारले आगामी मार्च १० भित्र ५ हजारभन्दा बढी बन्दी मुक्त गर्नेछन्। अफगान तालिबानले पनि करिब हजार जना बन्दी मुक्त गर्नेछन्।

पहिलो चरणमा १३५ दिनभित्र विभिन्न पाँचवटा क्याम्पबाट पाँच हजार अमेरिकी सैनिक फिर्ता जाने रायटर्सले जनाएको छ।

तपाईको प्रतिक्रिया