पढाई छोडी गिट्टी कुट्दै दलित बालबालिका

कालीबहादुर नेपाली
जाजरकोट । जिल्लाको भेरीनगरपालिका ३ स्यालाकी १५ बर्षिय सुनिता नेपालीले कक्षा ९ मा पढ्दा पढ्दै स्कुल छोडिन् । उनकी १३ बर्षिय बहिनी अनिता नेपालीले कक्षा ६ मा मात्र पढिन् । उनका दाई सुरज नेपा्लीले कक्षा १० मा पढ्दै गर्दा स्कुल छोडे ।

सबैलाई लाग्न सक्छ पढ्ने मन नभएर स्कुल छोडे । तर उनीहरुको मनमा पढ्ने रहर ज्युँ को त्युँ छ । गत बैशाखमा स्कुलमा भर्ना शुल्क तिर्न नसकेर स्कुल छोडेको सुनिताले बताइन । आजभोली उनले लगाएका पुराना स्कुल ड्रेस संगै उनकी आमासंग खलंगाको लभरोडमा गिट्टी कुट्छिन् । सुरुमा हाम्रो टिमले उनी संगको कुराकानीमा पढ्ने मन छकी छैन भनेर सोध्दा उनले एउटै जवाफ दिइन् “पढ्ने भनेको घरमा नुन तेल छैन स्कुल कसरी स्कुल जाने दाईले भन्नुभयो ।

”र्, घरमा खाने तेल नुन पनि छैन । कापी कमल किन्ने पैसा पनि हुनुप¥यो कसरी स्कुल जाने ? सानै उमेरमा वुवाको मृत्यु भयो हामीलाई आमाले स्याहार गर्नुभयो । त्यसपछि हाम्रो मनमा पढ्ने रहर सीमित भयो ।’ उनको यस भनाईले उनीहरुको घरमा समान्य नुन पनि किन्ने पैसा छैन कसरी स्कुल जान सकिन्छ भन्ने हो । उनका घरमा ५ भाईबहिनीहरु छन् । उनकी आमा निर्मला नेपालीले भनिन्, “साना दुई बच्चालाई स्कुल पढाउँछौ ।’,

हामीले काम गरेनौ भने खाना साँझ मिल्दैन ।” दिन भरी मिहिनेत गरौ बेलुका खानालाई ठीक भन्दै उनले आँखा बाट आँसु झारिन् । बावु हामी जस्ता गरिवीका छोराछोरीले कहाँ पढ्न पाउँछन् उनले भनिन् । भर्ना शुल्क तिर्न नसकेर स्कुल पढ्न नसकेको सुनिपछि पत्रकार जनक केसीले वैशाख बाट नानीहरुलाई निशुल्क पढ्न पठाउने भनेको कुरा उनले बताइन । १३ बर्षिय अनिता पनि स्कुल डे«समा नै गिट्टी कुटदै थिएन । उनले भनिन् , “म संगैका साथीहरु स्कुल बाट रमाउँदै आउँछन् म भने यता गिट्टीको साथमा मेरो जन्म किन भयो होला ।”

नेपालको संविधानले दलित तथा गरिब विद्यार्थीका लागि प्राथमिक देखि उच्च शिक्षा सम्म निशुल्क शिक्षाको व्यवस्था गरेपनि जाजरकोटका अधिकांश विद्यालयमा लागु भएको छैन । यसले गर्दा सुनिता जस्तै अधिकांश बालबालिकाहरु शिक्षा बाट बञ्चित हुने गरेका छन् ।

तपाई सहयोगी हाम्रा पाठकहरु संग सुनिताका भाईबहिनीलाई शिक्षाको व्यवस्थाका लागि सहयोग गरिदिन अपिल गर्दछौ । तपाईको सानो सहयोगले कसैको जीवन बन्छ भने सहयोग गर्न नर्विसनुहोस ।

तपाईको प्रतिक्रिया