रेडपाण्डाको छाला ओसारपसार मुद्धाका फरार प्रतिवादी पक्राउ

हाब्रेको छाला ओसारपसार मुद्धाका फरार प्रतिवादी पक्राउजाजरकोट । रेडपाण्डाको छाला ओसारपसार मुद्धाका फरार प्रतिवादी जाजरकोटमा पक्राउ परेका छन् । नलगाड नगरपालिका ६ गर्छिनाका ३५ बर्षिय कुशबहादुर घर्तीलाई जाजरकोट प्रहरीले पक्राउ गरेको हो ।

केही समय अघि रेडपाण्डाको छाला सहित बाँकेमा एक जना पक्राउ परेका थिए । उनकै बयानको आधारमा कारोवारमा घर्तीको समेत संलग्नता देखिएर मुद्धा चलाईएको थियो ।

रेडपाण्डाको छालाको अवैध कारोवारमा उनी फरार सुचीमा थिए । बाँके जिल्ला डिभिजन बन कार्यालयको पत्रको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डिएस्पी मधुकुमार थापाले बताए । उनकै घर नजिकै गर्छिनाबाट पक्राउ गरिएको थियो । घर्तीलाई आवश्यक कारवाहीका लागि बाँके पठाईएको थापाले बताए ।

तपाईको प्रतिक्रिया