बलिउड फिल्म ‘कठपुतली’ पुस १५ देखि प्रदर्शनमा आउने

काठमाडौं । बलिउड फिल्म ’सूर्यवंशी’ले नेपालमा पनि राम्रो प्रदर्शन गरेपछि नेपाली फिल्मको पनि धमाधम प्रदर्शन मिति तोक्न थालिएको छ ।

’चपली हाइट ३’, ’म यस्तो गीत गाउँछु २’, ’प्रेम गीत ३’ पछि हरर फिल्म ’कठपुतली’ को पनि प्रदर्शन मिति तोकिएको छ ।

भीमसेन लामाको निर्देशनमा निर्मित फिल्म पुस १५ गते प्रदर्शन गर्ने तयारी गरिएको छ ।

विभिन्न अन्तरराष्ट्रिय फिल्म फेस्टिवलमा पुरस्कृत भएको ’कठपुतली’ ल्होसार र अंग्रेजी नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा आउन लागेको हो ।

सम्पदा मल्लको लेखन तथा पृथ्वी राना मगरले निर्माण गरेको फिल्ममा मिथिला शर्मा, गौरी मल्ल, उषा रजक, कर्मा, शिल्पा मास्के, सुवर्ण थापालगायत कलाकारको मुख्य भूमिका छ ।

हरर जनरामा बनेका नेपाली फिल्मले व्यावसायिक तवरबाट राम्रो व्यापार गर्न नसकिरहेका बेला अन्तराष्ट्रिय स्तरमै चर्चा पाएको ’कठपुतली’लाई नेपाली फिल्मका शुभचिन्तक उत्साहित देखिन्छन् ।

फिल्मको पोस्ट प्रोडक्सनको सम्पूर्ण काम बेलायतको लण्डनमा भएको हो ।

तपाईको प्रतिक्रिया