चरम अनियमितताको आरोपमा प्रधानध्यापकलाई अखिल (क्रान्तिकारी)ले दल्यो कालोमोसो


भुपेन्द्र नेपाली
खलंगा । विद्यालयमा चरम अनियमितता गरेको आरोपमा प्रधानध्यापकलाई नेकपा (विप्लव) निकट अखिल (क्रान्तिकारी)ले कालोमोसो दलेको छ । वीरेन्द्र हिमालय माद्यामिक विद्यालय नलगाड नगरपालिका १२ तल्लुबजारका प्रधानध्यापक चन्द्रबहादुर केसीलाई अखिल (क्रान्तिकारी) जाजरकोटले कालोमोसो बलेर कारवाही गरेको हो ।

अखिल (क्रन्तिकारी) ले केसीलाई कारवाही किन ?
समग्र शिक्षा क्षेत्रलाई कमाई खाने भाँडोका रुपमा प्रयोग गरेको, प्रदेश अन्र्तरगत जिल्ला सामाजिक विकास कार्यालय मार्फत आठ कोठे भवनको जिम्मा विद्यालयले लिई निर्माण गरेको हो ।

नियम विपरीत सामाग्रीको प्रयोग गरी छानो चुहिएर भवनमा बस्न लायक नरहेको, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत दुई कोठे भवन गुनस्तरहिन सामाग्रीको प्रयोग गरिएको र भवनको कार्य पुरा नभएको, नगरपालिकाको बजेटमा निर्माण शौचालय नियम अनुसार निर्माण नगरेको, प्रदेश सरकारको बजेटमा फिल्ड निर्माणको २० लाखको काम पाँच लाखमा ठेक्का दिएर १५ लाख हिनामिना गरेको, कक्षा ६ देखि १२ सम्मको विद्यार्थीको लागि विज्ञान सामाग्री खरिदको दश लाख, कर्णाली प्राविधिक विद्यालयबाट प्राप्त १५ लाखको कुनै पनि सामाग्री खरिद नगरी प्रधानध्यपकले व्यक्तिगत घर निर्माण गरेको ।

यस्तै, ३२ लाखको आईसिटी वापत प्राप्त रकम हिनामिना, छोटो अवधिको तालिम संञ्चालन वाफत कृर्ते हस्ताक्षर गरी रकम हिनामिना, आ.व. २०७२÷०७३ देखि यताको छात्रबृत्ति, पाठ्यपुस्तकको रकमको हिनामिना, विगत पाँच बर्ष देखि नगरपालिकाबाट आएको रकम कुनै काम नगरेको, कक्षा ११ र १२ को शिक्षक दरबन्धी हुदाँपनि प्रति विद्यार्थी बार्षिक ७ हजार ५ सयका दरले शुल्क असुलेको, निःशुल्क शिक्षाको व्यवस्था हुदाँपनि प्रति विद्यार्थी भर्ना शुल्क १ हजारको दरले शुल्क असुलेको, विदेशमा काम गर्न गएका विद्यार्थीहरुबाट १ हजारको दरले रकम असुली फर्जि विद्यार्थी बनाई कक्षा ११ र १२ कक्षाको प्रमाण पत्र दिने गरेको ।

मुद्दती खातमा रहेको रु आठ हजार विउ कोष निकालीको, शिक्षक बृत्ति विकासमा अवरोध खडा गरेको, धार्मिक महोत्सवबाट उठेको रु सात लाखको कुनै काम नगरेको, सरोकारवालाहरुबाट प्रति प्रमाण प्रत्र तिन हजारका दरले कक्षा १०, ११ र १२ का तिन सय सहत्तर जना विद्यार्थीहरुबाट रकम असुली गरेको एकै समयमा तिन शिर्षकमा भत्ता लिने जस्ता विविध विषयमा चरम अनियमितता गरेको भन्दै विहीबार अखिल ( क्रान्तिकारीले) केसीलाई कालोमोसो दलेको ईन्चार्ज विराज शाहीले जानकारी दिए । विद्यालयमा पटकपटक ध्यानआकर्षण गराउँदा समेत नमानेपछि कालोमोसो दलेर कारबाही गर्न तयार भएको जनाइएको छ । अझै नसच्चिए भौतिक कारवाही गरिने समेत ईन्चार्ज शाहीले जानकारी दिए । यता विद्यालयका प्रधानध्यापकलाई टेलिफोन सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

तपाईको प्रतिक्रिया