संघीयता जाजरकोटी जनता लागि वरदान हो : पुर्व मन्त्री बस्नेत

खलंगा । पुर्व वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले संघीयता जाजरकोटी जनताको वरदान भएको बताएका छ्न ! जाजरकोट खलंगा सह लगानी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको प्रथम साधारण सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै बस्नेतले यस्तो बताएका हुन !    जाजरकोट सहितका पहाडी जिल्लाका जनताका लागि संघीयताले ठूलो भुमिका खेलेको बताए ।

जाजरकोटी जनताको विकासका लागि खलंगा क्षेत्रलाई सहरीकरणको आवश्यकता रहेको समेत बताए ! उनले भने, जाजरकोटी जनताले अभावमा वाच्न नपाउने गरी काम गरिरहेका छौ, यहाँको कृषि, खानेपानी, शिक्षा स्वास्थ्य लगायतका क्षेत्रका विकास गर्न संघीयताले ठूलो भुमिका खेलेको बताएका हुन !

हजारौं काम गर्न जिल्ला सदरमुकाम र काठमाडौ धाइरहेका जाजरकोटी जनताले हाल प्रत्येकले गाउँका सिंहदरबार बाट सेवा लिएकाले संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था यहाँका जनताको वरदान भएको वताए ।

तपाईको प्रतिक्रिया