८ मंसिर २०७८, बुधबार

बारेकोटका नौ वटै वडामा सकियो माओवादी केन्द्रको अधिवेशन

May be an image of 7 people, people sitting and people standing
बारेकोट । नेपाल कम्यूनिष्ट पार्टी ( माओवादी केन्द्र) ले बारेकोटका नौ वटै वडामा अधिवेशन सम्पन्न गरेको छ । संघियतापछि पछिल्लो पटक ऐतिहासिक रुपमा वडा अधिवेशन सम्पन्न भएको माओवादी केन्द्र बारेकोटका ईन्चार्ज तिलकबहादर रावत ( शुशील) ले जानकारी दिए ।

उनका अनुसार बारेकोटलाई माओवादीमय बनाउने, संगठन विस्तार गर्ने, पार्टी बलियो बनाउने नेतृत्व वडामा निर्वाचित भएको छ । जसअन्तर्गत वडा नं १ मा दलबहादुर वुढाको नेतृत्वमा वडा कमिटी निर्माण भएको छ ।

क्रमश वडा न. २ मा शान्तबहादुर वुढा, ३ मा सुरबहादुर सिंह, ४ मा गोपाल चलाउने, ५ मा बासुदेव सिंह, वडा ६ मा दानबहादुर चलाउने, ७ मा झुलबहादुर बोहरा, वडा नं ८ लालबहादुर सिंह र वडा नं ९ मा रविलाल शर्माको अध्यक्षतामा वडा कमिटी निर्माण भएको ईन्चार्ज रावतले बताए ।

आगामी निर्वाचनमा माओवादी केन्द्रलाई बारेकोटमा एक नम्बरको पार्टी बनाउन लागिपर्न सम्पूर्ण नेता, कार्यकर्तालाई रावतले आग्रह समेत गरे ।