सदरमुकाम नजिकै रहेको स्यालामा बर्षैपिच्छे श्रृखलाबद्ध हत्या !

                                                                  फाइल तस्विर

जाजरकोट । जिल्लाको भेरी नगरपालिका ३ स्यालामा श्रृखंलाबद्ध हत्या हुदैँ आएका छन् । समुदायका मानिसहरुवीच एकआपसमा मनमुटाव हुदाँ गाउँमा क्रमश श्रृखलावद्ध घटना घट्दै गएको स्थानीयको भनाई छ । भेरीनगरपालिका ३ को साही गाउँमा ६ बर्ष पहिले शिवलाल सुनारको हत्या गरियो ।

२०७७ सालको जेठमा पठवीर कामीको १६ बर्षिया छोरीमाथी बलात्कारको प्रयास भयो । २०७७ श्रावण ६ गते बलात्कार प्रयास पीडित बालिकाको वावु पठवीर कामीको हत्या भयो । २०७७ श्रावण १३ गते दुर्पती सुनारको हत्या भयो । ति घटनाहरुमा संग्लन दोषीहरुले सजाय पाउन नसकेको अवस्थामा २०७८ मंसिर ६ मा १८ बर्षिया यूवक प्रकाश जंग शाहको शव भेटिनु लगायतका विषयले प्रहरी प्रशासनमा समेत प्रश्न पैदा गरेको छ ।

अनुसन्धान भईरहेको छ प्रहरीले भनेपनि यसभन्दा अगाडिका घटनाहरुका दोषीहरुले कारबाही भोगेको देखिदैन् । आफ्नो भाईको हत्याराहरु पनि उम्कन्छन् कि भन्ने आशंका मृतक प्रकाशका दाई प्रदिप शाहलाई लागिरहेको छ । उनी भन्छन्, ‘यस भन्दा पहिले घटेका घटनाहरुका दोषीले कारबाही पाएको देखिदैन्, मेरो भाईले समेत न्याय पाउँदैनकी भन्ने चिन्ता छ ।’

तीन दिनपछि भेटियो यूवकको शव
मेला हेर्न गएका जाजरकोटमा एक युवकको हत्या भएको छ । भेरी नगरपालिका ३ स्याला निवासी १८ बर्षिय प्रकाश जंग शाहको हत्या भएको हो । पश्चिम रुकुम सानीभेरी १ बाम्नीखेतमा लाग्ने मेला हेर्न गएका शाहको हत्या भएको हो । भेरी नगरपालिका १ रावतगाँउ तथा कोलचौरका केही युवाहरु र मृतक शाह सहितका साथीहरु सँग विवाद भएको थियो । विवाद बढ्दै जाँदा उनीहरु विच गत मंसिर ३ गते मेलामै हात हालाहाल समेत भएको थियो ।

केही वेर पछि मिलापत्र गरेका उनीहरु विच बेलुका पुनः झगडा भएको थियो । झगडा परेपछि अन्य साथीहरु भागेर ज्यान बचाउन सफल भएपनि प्रकाश घर नफर्केपछि खोजी तलासी गर्दा तीन दिनपछि भेरी नगरपालिका १ कालेगाँउ नजिक भेरी नदीको खोचमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृतकको टाउकोमा गहिरो चोट लागेको छ ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा मेलामा विवाद गर्ने मध्येका भेरी नगरपालिका १ कोलचौरका सर्जन खत्री, शिवराज परियार र सन्तोष परियारलाई पक्राउ गरेको छ । त्यस्तै भेरी नगरपालिका १ कालेगाँउका दिनेश केसी र कुशे २ घर भई भेरी १ रावतगाँउ बस्ने केश बहादुर बुढालाई समेत प्रहरीले पक्राउ गरेको छ । उनीहरु सवैलाई अदालतबाट म्याद थपाएर घटनाबारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी प्रमुख डिएस्पी मधुकुमार थापाले बताए । घटनाको प्रकृति, लासको पोष्र्टमार्टम रिपोर्ट र कलडिटेलका आधारमा अनुसन्धान अघि बढाइने डिएस्पी थापाको भनाई छ । घटनाबारे बुझ्नका लागि नियन्त्रणमा लिईएका अन्य ५ जनालाई सामान्य सोधपुछ पछि छोडिएको प्रहरीको भनाई छ ।

हत्यारालाई कारवाहीको माग गदै खलंगामा प्रर्दशन
हत्यारालाई कारवाहीको माग गर्दै जाजरकोटमा विरोध प्रर्दशन गरिएको छ । भेरी नगरपालिका ३ स्यालाका १८ बर्षिय प्रकाश जंग शाहको कुटपिट पछि हत्या गरिएको भन्दै दोषीलाई कारवाहीको माग गरी स्थानिय प्रर्दशनमा उत्रिएका हुन् । हत्यारालाई कारवाही गर र समाजमा शान्ति सुरक्षा कायम गर भन्दै मंगलबार खलंगा बजार बन्द गरी बजार परिक्रमा गदै जिल्ला प्रशासन कार्यालयमा समेत पुगेर प्रर्दशनकारीले विरोध प्रदर्शन गरेका हुन ।

गहिरो र निष्पक्ष अनुसन्धान हुन पर्ने, हत्यारालाई कानुन बमोजिम सजाय हुनुपर्ने, नागरिकको जीवन रक्षा निश्चित हुनुपर्ने लगायतका माग राख्दै मृतकका आफन्त र स्थानियले विरोध प्रर्दशन गरेका हुन् । यस अघि विभिन्न मितिमा स्यालाका तीन जनाको हत्या हुँदा पनि दोषी पत्ता लाग्न सकेका छैनन् । यो घटना संलग्न पनि उम्किन नपाउन भनेर खवरदारी गरिएको स्थानिय रति नेपालीले बताईन । पश्चिम रुकुम सानीभेरी गाउँपालिका १ बाम्नीखेतमा लाग्ने मेला हेर्न गएका शाहको गत ३ मंसिरमा हत्या भएको हो ।

भेरी नगरपालिका १ रावतगाँउ तथा कोलचौरका केही युवाहरु र मृतक शाह सहितका साथीहरु सँग विवाद भएको थियो । विवाद बढ्दै जाँदा उनीहरु विच गत मंसिर ३ गते मेलामै हात हालाहाल समेत भएको थियो । केही वेर पछि मिलापत्र गरेका उनीहरु विच बेलुका पुनः झगडा भएको थियो । झगडा परेपछि अन्य साथीहरु भागेर ज्यान बचाउन सफल भएपनि प्रकाश घर नफर्केपछि खोजी तलासी गर्दा तीन दिन पछि भेरी नगरपालिका १ कालेगाँउ नजिक भेरी नदीको खोचमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृतकको टाउकोमा गहिरो चोट लागेको छ ।

प्रजिअलाई ध्यानआकर्षण पत्र
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटालाई पीडित परीवारले ध्यानआकर्षण पत्र बुझाएको छ । घटनाको सत्यतथ्य छानविन गरी हत्याराहरुलाई हदै सम्मको कारबाही होस भनी प्रमुख जिल्ला अधिकारी देवकोटाको ध्यानआकर्षण गराएका हुन् । उनीहरुले सदरमुकाम नजिकै रहेको स्यालामा मानिसको हत्या हुनु निकै गम्भीर कुरो भएको र प्रहरी प्रशासनले राम्रो अनुसन्धान गर्न नसकेको समेत बताए । विगतमा भएका घटनाहरु जस्तो यस घटनालाई लुकाउन खोजियो र प्रभावकारी अनुसन्धान भएन भनी कडा आन्दोलनमा उत्रने पीडित परिवारहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया