डोल्पामा पार्टीको जिम्मेवारीबाट रोकालाई निस्कासन : नेकपा (विप्लव)

No description available.
डोल्पा । नेकपा (विप्लप) निकट डोल्पाले ईन्द्र रोकायालाई पार्टीको जिम्मेवारीबाट निस्कासन गरीएको छ । रोकायाले पार्टी प्रतिबन्ध हुनुपुर्व नै पार्टीको आन्दोलन र विरोध गतिविधी विरुद्धका क्रियाकलापहरु गरीएको हुँदा उनलाई पार्टीको जिम्मेवारीबाट निस्कासन गरीएको हो ।

उनले गरेको गतिविधीलाई रोक्नका लागि जिल्ला कमिटिले पटक–पटक आग्रह गर्दापनि उनले गरेको गलत गतिविधीलाई सुधार गर्नु पर्नेमा उल्टै पार्टीका अन्य नेतृत्वलाई पनि पार्टीको विरोधमा उत्रिन सल्लाह दिएको प्रेस वक्तव्यमा उल्लेख गरीएको छ ।

उनले गरेको गलत क्रियाकलापको स्पष्टिकरण दिन पार्टीले पटक–पटक अनुरोध गरेको पनि उनले पार्टीको नियम विपरीत हुदै स्पष्टिकरण दिन नसकेको हुदाँ पार्टी यस्तो अप्रिय निर्णय लिन पुगेको नेकपा जिल्ला कमिटि डोल्पाले बताएको छ ।

रोकायालाई यस अघि पनि पार्टीको जिल्ला सेक्रटरीको जिम्मेवारीबाट निलम्वन गरी आफ्नो गतिविधीलाई सुधार गर्ने अवसर दिएको हुँदा अब पार्टीले पुनः अवसर नदिने समेत कमिटिले प्रेस वक्तव्य मार्फत जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया