हत्यारालाई कारवाहीको माग गर्दै विरोध प्रर्दशन

Open photo
खलंगा । जाजरकोटमा हत्यारालाई कारवाहीको माग गर्दै बजारमा विरोध प्रर्दशन गरिएको छ । भेरी नगरपालिका ३ स्यालाका १८ बर्षिय प्रकाश जंग शाहको कुटपीटी पछि हत्या गरिएको भन्दै हत्यारालाई कारवाही गर र समाजमा शान्ति सुरक्षा कायम गर भन्दै मंगलबार जिल्ला प्रशासन कार्यालय लगाएत खलंगा बजारमा विरोध प्रदर्शन गरेका हुन ।

हत्यारालाई कानुन बमोजिम सजाय हुनुपर्ने, नागरिको जीवन रक्षा निश्चित हुनुपर्ने, माग राख्दै मृतका आफन्त लागएतका व्यक्तिले बजारमा विरोध प्रर्दशन गरेको उनीहरुको भनाई रहेको छ ।

Open photo

दोषीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी अनुसन्धान भईरहेको र तत्काल कानुन बमोजिम कारवाही हुने प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटाले जानकारी दिए ।

Open photo

तपाईको प्रतिक्रिया