पावरप्ले’ मा नेपालकाे स्काेर ४९, पारस र ज्ञानेन्द्र क्रिजमा

unn.prixa.net

काठमाण्डाै – एसीसी पूर्वी क्षेत्रीय टी–२० क्रिकेटमा नेपाललाई पहिलाे झट्का लागेकाे छ ।

कप्तान ज्ञानेन्द्र मल्लसँग ओपनिङ गर्न आएका कुशल मल्ल १९ रन बनाएर आउट भएका हुन् ।

४ दशमलव ४ ओभरमा नेपालका कुशल मल्ल आउट भए । ४२ रनको स्कोरमा पहिलो विकेट गुमाएको नेपालका लागि कुशलले १४ बलमा १९ रन बनाएर पभेलियन फर्किए । उनलाई हङकङका हारुन अर्सद मोहम्मदले आउट गराएका हुन् ।

अहिले क्रिजमा ज्ञानेन्द्र र पारस खड्का छन् । नेपाल हङकङले दिएकाे एक सय ५५ रनकाे लक्ष्य पछ्याइरहेकाे छ ।

तपाईको प्रतिक्रिया