
दैलेख – दैलेखमा घाँस काट्न गएकी एक महिलाको रुखबाट लडेर ज्यान गएको छ ।
भैरवी गाउँपालिका ४ को डाँडीमाडीकी ४५ वर्षीया पदमकुमारी रिजालको रुखबाट लडेर ज्यान गएको भैरवी गाउँपालिका ४ का वडाध्यक्ष बीरेन्द्र शाहीले जानकारी दिनुभयो । घर नजिकैको स्याउले हाडा जङ्गलमा घाँस काट्दै गरेको सालको रुखबाट लडेर शनिबार साँझ उहाँको घटनास्थलमै ज्यान गएको हो ।
मृतक रिजाल गौरी माध्यमिक विद्यालय बालेकाँडाको विद्यालय व्यवस्थापन समितिकी सदस्य पनि हुनुहुन्थ्यो ।
















































। १८ फाल्गुन २०७६, आईतवार