महिला विश्वकप एशिया छनोट : नेपाल–हङकङ भिड्दै

काठमाडौं । आइसीसी टी–ट्वेन्टी महिला विश्वकपको एशिया छनोट अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल आज हङकङसँग भिड्दैछ ।

नेपाल र हङकङको महिला टोलीबीचको खेल दुबईस्थित आईसीसी एकेडेमीमा बिहान सवा ११ बजे सुरु हुनेछ । छनोट खेलअघि विभिन्न अभ्यासमा सहभागी भएको नेपाल आज जित निकाल्दै सुखद सुरुवात गर्ने दाउमा छ ।

अभ्यासका लागि नेपाल केही दिनअघि नै बंगलादेश र त्यसपछि कतार पुगेको थियो । दुवै अभ्यास खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो। अभ्यास खेलमा गरेको प्रदर्शनबाट मनोबल बढाएको नेपालले शीर्ष स्थानमा रहँदै ग्लोबल छनोटमा स्थान बनाउने लक्ष्य राखेको छ ।

हङकङसँग यसअघि एक पटकमात्र २०१९ को २४ फेब्रुअरीमा टी–ट्वेन्टी खेल्दा नेपालले ४ विकेटको जित निकालेको थियो ।

तपाईको प्रतिक्रिया