आर्थिक अभावमा अस्पतालको वेडमा छट्पटाउदै सलिन, सहयोगको अपिल

No description available.
खलंगा । जिल्लाको बारेकोट गाउँपालिका ४ गोठगाउँका १७ महिने बालक सलिन सिंह अहिले आर्थिक अभावमा अस्पतालको वेडमा छट्पटाई रहेका छन् । घरमा कोही नभएको बेला आगोमा पोल्लिएका उनी २ महिना देखि सुष्मा कोईराला मेमोरियल काठमाण्डौंमा उपचार गराईरहेका छन् ।

घरको आर्थिक अवस्थाले भ्याए सम्म छोरोको उपचारमा खर्च गरेको तर अहिले आर्थिक अभावका कारण उपचार हुन नसकेको उनका वुवा रतन सिंहले जानकारी दिए । उनले भने, ‘अहिले सम्म छोराको उपचार क्रममा ६ खाल भन्दा बढी खर्च लागि सकेको छ, आफ्नो अवस्थाले भ्याए सम्म आर्थिक जुटाएर अहिले सम्म छोरोका उपचार गरे अब मेरो अवस्था पनि कमजोर हुदै गएको छ, काखमा हुनुपर्ने छोरा आज अस्पतालको वेडमा छ, उसको उपचारको लागि आर्थिक अभाव छ ।’

देश तथा विदेशमा हुनुहुने सम्पूर्ण सहयोगी मनहरुले मेरो छोराको उपचारमा थोरै भएपनि आर्थिक सहयोग गरिदिन अपिल गर्दछु । तपाईहरुले गर्नुभएको सहयोग हामी कहिले पनि विर्सेने छैनौ ।

मेरो १७ महिने छोराले आमाको दुध समेत खान पाएको छैन् । भएको सबै पैसा उपचार खर्च गरिसकेका छौ । अव हामी संग केही पनि छैन,श त्यसैले उपचारका लागि यहाँहरुले सहयोग गरिदिनुहुन्छ भन्ने पूर्ण आशा व्यक्त गरेको छु ।

सहयोग गर्न चाहाने व्यक्तिले मेरो कृषि विकास वैक जाजरकोटमा रहेको खातामा नम्बरमा जम्मा गरिदिन हुन अनुरोध गर्दछु ।


तपशिल
खातवालको नाम ः रतनबहादुर सिंह
खाता नम्बर ः ०७२६४०१६९४४९२०१४
बैंकका नाम ः कृषि विकास वैंक लिमिटेड, जाजरकोट शाखा

तपाईको प्रतिक्रिया