अखिल (क्रान्तिकारी) कुशेको अध्यक्षमा चन्द

No description available.
खलंगा । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) निकट अखिल (क्रान्तिकारी) कुशेमा गाउँपालिका स्तरीय भेला सम्पन्न भएको छ । अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य तथा जाजरकोट जिल्ला इन्चार्ज बिराजन शाहीको प्रमुख अथितिमा आईतबार कुशे ५ दम्दालामा गाउँपालिका स्तरीय भेला सम्पन्न भएको हो ।

सोही भेलाबाट बिजुली चन्दको अध्यक्षतामा १५ सदस्यीय गाउँ कमिटी निर्माण भएको छ । अथितीमा नेपाल कम्युनिस्ट पार्टी जाजरकोटका जिल्ला सचिवालय सदस्य तथा कुशे गाउँ पालिका इन्चार्ज रेडियम सिंह र अन्य अथितीमा अनेमा संघ क्रान्तिकारी जाजरकोट जिल्ला अध्यक्ष सम्भावना, अखिल (क्रान्तिकारी) जाजरकोट जिल्ला संयोजक दिपेन्द्र सिंह, श्रमिक

समुदाय मोर्चा नेपाल जाजरकोट जिल्ला समिति सदस्य सुदर्शन, युवा संगठन नेपाल जाजरकोट जिल्ला संगठन समिती सदस्य बलराम मल्ल सहितको उपस्थितिमा सम्पन्न भएको अखिल क्रान्तिकारी जाजरकोटले जनाएको छ ।

तपाईको प्रतिक्रिया