दैलेखमा विवाह गर्ने युवा पक्राउ बालिका फरार

दैलेख । दैलेख प्रहरीले बालविवाह गर्ने एक जोडी पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको चामुण्डा विन्द्रासैनी नगरपालिका–२ बस्ने भक्तिराम कँडेल र एक बालिका रहेका दैलेख प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद शाहका अनुसार बालिकालाई ललाफकाई प्रलोभनमा पारी बालविवाह गरी घरमा राखेको सूचनाका आधारमा पक्राउ गरिएको हो ।

पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत दैलेखबाट ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरी प्रमुख शाहले बताए ।

तपाईको प्रतिक्रिया