
खलंगा । नेपाली काँग्रेस जाजरकोटको १४ औं अधिवेशन बाट वेदराज सिंहलाई सर्वसहमत रुपमा सभापति चयन गरिएको छ । सहमतिको प्रयास जारी भएपनि भित्र वेदराज सिंहको नाममा सहमति भईसकेको एक स्रोतले जनाएको छ ।
त्यस्तै उप सभापतिमा महेन्द्रबहादुर शाह, खडक विसी, सचिवमा तेजविक्रम शाह, हरिचन्द्र बस्नेत, सह सचिवमा छवि पन्त र कर्णबहादुर खड्काको नाम सहमति भईसकेको बताईएको छ ।
यद्यपी यो समाचार तयार पार्दा समेत घोषणा हुन सकेको छैन । सर्वसहमत भनिएपनि धेरै यूवाहरुले असहमति जनाईरहेका छन् । उनीहरुले सामाजिक सञ्जाल मार्फत असहमति जनाईरहेका छन् ।
















































। ५ मंसिर २०७८, आईतवार