चौरजहारीमा साबुन उद्योग सञ्चालन


रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारीमा साबुन उद्योग सञ्चालन आएको छ । चौरजहारी सोप इण्डट्रि«ज एण्ड रिसर्च प्रा.लि.ले उत्पादन गरेको साबुन उद्योग सञ्चालनमा आएको हो ।

कर्णाली प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले आज एक कार्यक्रमका बिच उक्त उद्योगको उद्घाटन गरे उद्घाटन कार्यक्रममा स्थानीय स्तरमा युवाहरुको सहभागितामा साबुन उद्योग सञ्चालन गर्नु स्वरोजगारको नमूना भएको पूर्वमन्त्री शर्माले बताए ।

उनले उत्पादन र खपत बढाउन गुणस्तरियतामा ध्यान दिएमा व्यवस्थित उद्योग भएर गर्व गर्न लायक हुने समेत बताए । यस्ता स्वरोजगारमुखि गतिबिधिहरुलाई जनप्रतिनिधिहरुको तर्फबाट आवश्यक सहयोग गर्न तयार रहेको समेत पूर्वमन्त्री शर्माले बताए ।

चौरजहारी नगरपालिका २ नम्बर वडामा रहेको चौरजहारी सोप इण्डट्रि«ज एण्ड रिसर्च प्रा.लि.ले सस्तो र गुणस्तरिय साबुन उत्पादन गरेको अध्यक्ष पुर्णबहादुर रोकायले जानकारी दिए । अध्यक्ष रोकायले हाल दैनिक ५ सय ओटा साबुन उत्पादन गरिएको जनाए । यहाँ उत्पादित साबुन अहिलेलाई रुकुम, सल्यान र जाजरकोटका बिभिन्न स्थानमा पठाईने र कालिकोट, सुर्खेत र जुम्लामा पनि डिलरको माग भई आएको अध्यक्ष रोकायले बताए ।

अहिलेलाई काठमाडौबाटै कच्चा पदार्थ ल्याएर साबुन उत्पादन गरेका छौ, अध्यक्ष रोकायले भने, अब स्थानीय स्तरका कच्चा पदार्थको खोजि गरेर उपयोग गर्नेछौ । अध्यक्ष रोकायका अनुसार हाल लुगाधुने साबुन मात्र उत्पादन गरिएता पनि अब लगत्तै नुहाउने साबुन र सोडा पनि उत्पादन गरिनेछ । रिसर्च प्रा.लि.का सचिव प्रवेश बटालाले ५ जना युवाहरुको ४० लाख लगानीमा साबुन उद्योग सञ्चालन गरिएको बताए । उत्पादित साबुन यस अघि बजारमा आएका अन्य उत्पादन भन्दा सस्तो र गुणस्तरिय रहेको समेत उनले बताए ।

तपाईको प्रतिक्रिया