नलगाडका शैक्षिक संस्थामा चरम अनियमिता भएको विप्लव समुहको आरोप

May be an image of 6 people, people sitting, people standing and outdoors
खलंगा । नलगाड नगरपालिकाका शैक्षिक संस्थाहरुमा चरम अनियमिता भएको विप्लव नेतृत्वको (नेकपा)ले आरोप लगाएको छ । नगरपालिका भित्र रहेका विभिन्न सामुदायिक विद्यालयहरुमा चरम अनियमितता, भष्ट्रचार, दलालीकरण भएको आरोप लगाएको हो ।

नेकपाले रपालिका भित्र संञ्चालित वीरेन्द्र हिमालय मा.वि. तल्लु र नलगाड बहुमुखी क्याम्पस मुख्यमा अनियमिता भएको ठहर गरेको छ । वीरेन्द्र हिमालय माद्यामिक विद्यालयमा, प्रदेश अन्र्तरगत जिल्ला सामाजिक विकास कार्यालय मार्फत आठ कोठे भवनको जिम्मा विद्यालयले लिई निर्माण गरेको हो ।

नियम विपरीत सामाग्रीको प्रयोग गरी छानो चुहिएर भवनमा बस्न लायक नरहेको विप्लव नेतृत्व नलगाड कमिटीका सह–ईन्चार्ज प्रदिप ओली ( प्रशान्त) ले जानकारी दिए ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत दुई कोठे भवन गुनस्तरहिन सामाग्रीको प्रयोग गरिएको र भवनको कार्य पुरा नभएको, नगरपालिकाको बजेटमा निर्माण शौचालय नियम अनुसार निर्माण नगरेको, प्रदेश सरकारको बजेटमा फिल्ड निर्माणको २० लाखको काम पाँच लाखमा ठेक्का दिएर १५ लाख हिनामिना गरेको ओलीको भनाई रहेको छ ।

कक्षा ६ देखि १२ सम्मको विद्यार्थीको लागि विज्ञान सामाग्री खरिदको दश लाख, कर्णाली प्राविधिक विद्यालयबाट प्राप्त १५ लाखको कुनै पनि सामाग्री खरिद नगरी आफ्नो व्यक्तिगत घर निर्माण जस्तो अनियमित काम भएको नलगाड कमिटीले जनाएको छ ।’

यस्तै, ३२ लाखको आईसिटी वाफत प्राप्त रकम हिनामिना, छोटो अवधिको तालिम संञ्चालन वाफत कृर्ते हस्ताक्षर गरी रकम हिनामिना, आ.व. २०७२÷०७३ देखि यताको छात्रबृत्ति, पाठ्यपुस्तकको रकमको हिनामिना, विगत पाँच बर्ष देखि नगरपालिकाबाट आएको रकम कुनै काम नगरेको, कक्षा ११ र १२ को शिक्षक दरबन्धी हुदाँपनि प्रति विद्यार्थी बार्षिक ७ हजार ५ सयका दरले शुल्क असुलेको, निःशुल्क शिक्षाको व्यवस्था हुदाँपनि प्रति विद्यार्थी भर्ना शुल्क १ हजारको दरले शुल्क असुलेको, विदेशमा काम गर्न गएका विद्यार्थीहरुबाट १ हजारको दरले रकम असुली फर्जि विद्यार्थी बनाई कक्षा ११ र १२ कक्षाको प्रमाण पत्र दिने जस्ता अनियमित काम गरेको विप्लव नेतृत्व नलगाडले आरोप लगाएको छ ।

मुद्दती खातमा रहेको रु आठ हजार विउ कोष निकालीको, शिक्षक बृत्ति विकासमा अवरोध खडा गरेको, धार्मिक महोत्सवबाट उठेको रु सात लाखको कुनै काम नगरेको, सरोकारवालाहरुबाट प्रति प्रमाण प्रत्र तिन हजारका दरले कक्षा १०, ११ र १२ का तिन सय सहत्तर जना विद्यार्थीहरुबाट रकम असुली गरेको एकै समयमा तिन शिर्षकमा भत्ता लिने जस्ता अनियमित काम गरेकाको नेतृत्वको खुलासा गरेको छ । यस्तै,

नलगाड बहुमुखी क्याम्पसमा, भवन निर्माणको रकम हिनामिना, विभिन्न निर्णयहरु कृर्ते, क्याम्पसको सार्वजानिक सुवाई नगर्नु जस्ता अमियमित काम गरेको नलगाड नेतृत्वले आरोप लगाएको छ ।

यस्तै २५ लाख बेरुजुको रकम स्पष्टीकरण नदिएको, क्याम्पसको जमिनको विवरण नदिएको, विद्यार्थीको फि को विवरण नदिएको, बार्षिक साधारण सभा नगरेको र नेपालको संविधान २०७२ को भाग ३ को धारा २८ अनुसारको सुचनाको हकको विपरीत भएर सुचना नदिएको भन्दै कमिटी आरोप लागाएको छ ।

दुवै शैक्षिक संस्थामाथी लागेका आरोपीत विषयको मंसिर १० गते सम्म चित्त बुझ्दो स्पष्टीकरण नदिएमा कार्वाही गरिने नलगाड कमिटीले बताएको छ । यता हामीले विद्यालय प्रशासनमा फोन गर्न खोज्दा सम्पर्क हुन सकेन ।

विप्लव( नेकपा) ले लगाएको आरोपहरु जस्ताको त्यस्तै ः
(१) प्रदेश अन्र्तगत जिल्ला सामाजिक विकास कार्यालय मार्फत ८ कोठे भवन मापदण्ड विपरित आफैंले ठेक्का लिई नम्स अनुसार गुणस्तर सामाग्री प्रयोग गरि छाना चुहिने भइ बस्न लायक नरहेको ।

(२) राष्ट्रपति शैक्षिक सुधार अन्तरगतको २ कोठे भवन गुणस्तरहिन सामाग्रीको प्रयोग गरि कार्य पुरा नगरेको ।

(३) नलगाड नगरपालिका बाट प्राप्त शौचालय नम्स पुरा नगरेको ।
(४) प्रदेश सरकार मार्फत प्राप्त २० लाखको फिल्ड निर्माण कार्यको रकम ५ लाखमा ठेक्का दिई रु १५ लाख खाएको । (५) कक्षा ६, १२ को विज्ञान खरिद सामाग्रीका लागि प्राप्त रु १० लाखको कुनै पनि सामाग्री खरिद नगरि रु १० लाख खाएको ।

(६) कर्णाली प्राविधिक विद्यालयबाट प्राप्त रु १५ लाख कुनै पनि सिभिल सामाग्री खरिद नगरि व्यत्तिगत घर बनाएको । (७) रु ३२ लाख आइसिटी वाफत प्राप्त रकम कुनै पनि काम नगरि खाएको ।

(८)छोटो अवधिको तालिम सञ्चालन वाफत रु ७ लाखको कृर्ते गरि खाएको ।

(९) २०७२, २०७३ देखिएको छात्रबृत्ति र पाठ्यपुस्तकको रकम वितरण नगरि खाएको ।

(१०) विगत ५ वर्ष देखि नगरपालिका मार्फत प्राप्त रकम को कुनै काम नगरेको ।

(११) कक्षा ११,१२ तर्फ ४ वटा दरवन्दी हुदाहुदै भर्नाको नाममा प्रति बिध्यार्थी रु ३२५० लिने गरेको र बार्षिक रु ७५०० शुल्क लिने गरेको ।

(१२) शिक्षा निशुल्क भएतापनि प्रति कक्षा प्रति बिध्यार्थी भर्ना शुल्क रु १००० उठाउने गरेको।

(१३) मलेसिया तथा अन्य देशहरूमा काम गर्न गएका बिध्यार्थीहरुबाट रु १०००० लिइ फर्जि बिध्यार्थी बनाइ कक्षा ११र १२ को प्रमाणपत्र दिने गरेको।

(१४) मुद्दती खातामा रहेको रु ८ लाख विउ कोष झिकेर खाएको।

(१५) शिक्षक बृत्ति विकासमा अवरोध खडा गरेको।

(१६) धार्मिक महोत्सव बाट उठेको रु ७ लाख कुनै काम नगरि खाएको।

(१७) सरोकारवालाहरुबाट प्रति प्रमाण पत्र रु ३ हजारका दरले कक्षा ११ का १५०, कक्षा १२ का १६० र कक्षा १० का ६० बिध्यार्थीबाट रकम उठाइ खाएको।

(१८) एउटै समयमा १०–४ मा प्र अ भत्ता मा वि तर्फका रु ५०० उ मा वि तर्फको रु २००० र सिभिल तर्फ रु ५००० खाने गरेको। नोट– यि १८ बुद्धाको विषयमा १० भित्र नेपाल कम्युनिष्ट पार्टी नलगाड नगर कमिटिको कार्यालय चितबुझ्दो स्पष्टीकरण नदिए आर्थिक, सामाजिक, नैतिक, भौतिक, शारीरिक , राजनैतिक र मानशिक कार्वाही हुने बेहोरा उल्लेख गर्दछौ ।
नलगाड बहुमुखी क्याम्पस भित्र अनियमितता
(१) क्याम्पसको आय व्यय सार्वजनिक नगरेको ।

(२) भवनको रकम हिनामिना ।

(३) विभिन्न निर्णय कृर्ते गरेको । (४)

२५ लाख बेरुजुको स्पष्टीकरण नदिएको ।

(५) क्याम्पसको जमिनको विवरण नदिएको ।

(६) विध्यार्थीको फि को विवरण नदिएको ।

(७) बार्षिक साधारण सभा नगरेको ।

(८) गोप्य सुचना राखिएको सुचनाको हक नदिएको ।

(९) कुनै पनि काम पारदर्शी नभएको ।

तपाईको प्रतिक्रिया