खाद्य र इन्धनमा भएको मूल्य वृद्वि बिरुद्ध थलह बजारमा प्रर्दशन

No description available.

खलंगा । खाद्य र इन्धनमा भएको मुल्य वृद्धिका विरुद्ध थलह बजारमा विरोध प्रर्दशन गरिएको छ । देशव्यापी कार्यक्रम अन्र्तगत नेकपा ( एमाले) निकट राष्ट्रिय यूवा संघ नेपाल र अनेरास्ववियू विद्यार्थी संगठनले जाजरकोटको थलह बजारमा विरोध प्रर्दशन गरेका हुन् ।

विरोध स्वरुप उनीहरुले थहल बजारमा ¥याली निकाल्दै कोण सभाको आयोजना गरेका थिए । कोण सभालाई सम्बोधन गर्दै राष्ट्रिय संघ केन्द्रिय कमिटी सदस्य सरोज जंग शाहीले मुल्यवृद्धिका विरुद्धमा देशैभरी सांकेतिक रुपमा विरोध प्रदर्शन गरिएको बताए ।

No description available.

अहिलेको शेर बहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले देशव्यापी रुपमा मुल्यवृद्धि गरेको छ । पछिल्लो १५ दिनमा मात्रै २ पटक पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएको छ ’ उनले भने ‘यसरी भएको मुल्य वृद्धिको कारण यो देशका मजदुर, किसान मारमा परेका छन ।

आज श्रम गरेर खाने वर्ग अहिले मृल्य वृद्धिका कारण भोकभोकै बस्नुपर्ने अवस्था आएको छ । ’उनले आफूहरुले पटक–पटक मुल्य वृद्धिका विरुद्ध आवाज उठाउदै आएको भएपनि सरकारले बेवस्था गरेको बताए । मागको सुनुवाई नभएको आगामी दिनमा सशक्त रुपमा अगाडी बढ्ने सदस्य शाहीले बताए ।

तपाईको प्रतिक्रिया