प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट जाजरकोटका पाँच हजार किसान लाभाम्वित

खलंगा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट जाजरकोटका ५ हजार ४ सय ७३ जना किसान लाभाम्बित भएका छन् । आर्थिक बर्ष २०७४÷०७५ बाट जाजरकोटमा संचालन भएको परियोजनाबाट जिल्लाका ५ हजार ४ सय ७३ जना किसान लाभाम्बित भएका हुन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट जाजरकोट जिल्लामा ३ वटा जोन संचालनमा आएका छन् । आर्थिक बर्ष २०७४÷०७५ बाट सुन्तलाजात फलफुल जोन संचालनमा आएको हो भने, आब २०७६÷७७ बाट मौरी जोन संचालनमा आएको थियो । त्यसैगरी आब २०७८÷०७९ बाट जिल्लामा ओखर जोन संचालनमा आएको छ ।

सुन्तला जात फलफुल र मौरी जोनबाट जिल्लाका २ सय ६९ वटा समुह–सहकारी र उद्यमीका ५ हजार ४ सय ७३ जना किसान लाभाम्बित भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ जाजरकोटले जनाएको छ ।

परियोजना कार्यान्वयन एकाइले गरेको बार्षिक प्रगति समिक्षामा कुशे गाउँपालिकाका ९, भेरी नगरपालिकाका ८, नलगाड नगरपालिकाका ६ र छेडागाड नगरपालिकाका ३ वटा वडागरी जिल्लाका जम्मा २६ वटा वडामा सुन्तलाजात फलफुल जोन संचालन भएको परियोजना कार्यान्वयन एकाइले जानकारी दिएको छ ।

परियोजना कार्यान्वयन एकाइले दिएको जानकारी अनुसार जिल्लाका २६ वटा वडाको ६०५ हेक्टर जमिनमा १७५ वटा समुह–सहकारी र उद्यमीले सुन्तलाजात फलफुल खेती गरेका छन् । सुन्तलाजात फलफुल जोनबाट ३ हजार ८०० किसानहरु लाभाम्बित भएका छन् । लाभाम्बित ३ हजार ८०० किसानहरु मध्ये १ हजार ४२० जना महिला, २ हजार ३८० जना पुरुष रहेका छन् । जसमा ३५२ जना दलित, १ हजार ५६ जना जनजाति, २ हजार २७८ जना अन्य रहेका छन् भने, २ हजार ५८० जना युवा रहेको परियोजना कार्यान्वयन एकाइले बार्षिक प्रगति समिक्षामा देखाएको छ ।

तपाईको प्रतिक्रिया