विद्यालय घेरामा राजनीतिक दलको भेला

सायद 1 व्यक्ति, उभिएको तथा घरबाहिर को तस्बिर हुनसक्छ

भुपेन्द्र नेपाली
खलंगा । जिल्लाको बारेकोट गाउँपालिकाका विद्यालयहरुमा राजनीतिक दलहरुको भेला बैठक हुने गरेको छ । विद्यालयमा विद्यार्थीहरु अनुपस्थित भएको मौका पारी राजनीतिक दलहरुले मनपरीतन्त्रमा विद्यालयहरुमा पटक–पटक भेला बैठक संञ्चालन गरेका हुन ।

सायद एक वा थप मानिसहरू, बसिरहेका मानिसहरू तथा घरबाहिर को तस्बिर हुनसक्छ

विद्यालयमा विद्यार्थी पठनपाठन गर्नुपर्नेमा दलहरुको भेला, बैठक, कार्यक्रमहरु गरेको स्थानीयहरुले बताएका छन् । विद्यालय व्यवस्थापन समिति, शिक्षकहरुको लापरवाही र राजनीतिक दलहरुको मनपरीतन्त्रको कारण विद्यालयमा विद्यार्थी उपस्थित नभए पनि विद्यार्थीलाई पठनपाठनमा प्रत्यक्ष र अप्रत्यक्ष असर पर्ने गरी विभिन्न मितीमा भेला वैठकहरु सम्पन्न हुने गरेको स्थानीयहरुको भनाई रहेको छ ।

सायद ४ जना मानिसहरू, उभिएका मानिसहरू तथा घरबाहिर को तस्बिर हुनसक्छ

उनीहरु भन्छन्, ‘विद्यालयमा विद्यार्थी शिक्षक हुनु पर्ने समयमा पार्टीका नेता कार्यकर्ताहरु हुन्छन् । विद्यालय जस्तो पवित्र स्थानलाई राजनीतिक दलहरुले आफ्नो पार्टी कार्यालय होला जसरी मनपरीतन्त्रले भेला, बैठक गर्नु भनेको विद्यालयलाई राजनीतिक आखाढा बनाउनु हो ।’

सायद एक वा थप मानिसहरू, उभिएका मानिसहरू तथा घरबाहिर को तस्बिर हुनसक्छ

कोरोना भाईरसको कारण लामो समय पठनपाठन क्षेत्रमा असर परेको कुरा सबैमा प्रस्ट नै छ । यसै विचमा नेपालीहरुको महान चडपर्व दशैं, तिहारले समेत बन्द भएका विद्यालयहरु संञ्चालनमा आएको बेला देशै भरी भईरहेको विभिन्न पार्टीको अधिवेशनमा वडा संगठन निर्माणका कार्यहरु कतिपय विद्यालयको घेराभित्र हुने गरेको स्थानीय र विद्यार्थीहरुको गुनासो रहेको छ ।

सायद एक वा थप मानिसहरू, उभिएका मानिसहरू तथा घरबाहिर को तस्बिर हुनसक्छ

तपाईको प्रतिक्रिया