बाजुराको हिमाली गाउँपालिकाका एक सय १५ घरधुरीमा खानेपानीको हाहाकार

कात्तिकमा आएको पहिरोले मुहान सबै बगायो

मंसिर, १ हुम्ला । हुम्ला जिल्लाको नजिकै रहेको बाजुराको हिमाली गाउँपालिका ४ बोर्ताका करिव १ सय १५ घरधुरी खानेपानीको समस्या झेलिरहेका छन् । कात्तिक १ गते देखी ५ गते सम्म परेको बेमौसमी अविरल वर्षाले खानेपानीको मुहान भत्काएपछि वडा नं ४ बोर्ताका स्थानिय खानेपानी वाट बञ्चित बनेका छन् ।

बोर्ता गाउँ भन्दा ४ किलोमिटर टाढा रहेको पानीको मुहान वर्षाले भत्काएपछि अहिले गाउँमा पानीको हाहाकार भएको छ । मुहान सम्म पुगेर खानेपानी मर्मत गर्नका लागि वाटो नै अवरुद्ध भएको स्थानियले बताएका छन् । साथै मुहान वाट लयाएको पाईप लाईन समेत वाढीले बगाएको छ ।

वर्षाले कुवामा भरिएको फोहोर पानी पीउन बाध्य भएको स्थानिय बाचु भण्डारीले बताए । पाखो जमिन बगेकाले हिड्ने गोरेटो वाटो समेत भत्किएको र हिड्डुल गर्न निकै समस्या रहेको उनको भनाई छ । आफ्नो घर बाढीले बगाएपछि छिमेकीको घरमा साहारा लिएर बसेको र गाउँपालिकाले दिएको राहात एक कट्ठा चामल र एक पालले आफ्नो क्षति त के घाउमा मलम लगाउने सम्म पनि नपुगेको उहाँको भनाई छ ।

वर्षाले घर भत्किएपछि आफु विचल्लीमा परेको र त्यसमाथि गाउँमा पानीको हाहाकार हुँदा पनि स्थानिय सरकार मौन वसेको भन्दै उनले तत्काल राहत र पानीको व्यवस्था गर्न आग्रह गरे । बाचुको श्रीमान पनि छैनन् । भएको घर पनि वाढीले बगाएपछि विहान वेलुका छाक टार्न निकै मुस्किल हुने गरेको उनले बताए ।

तपाईको प्रतिक्रिया