कुशेमा मगर भाषाको पढाई गर्न विद्यालयलाई गाउँपालिकाको अनुमति

जाजरकोटको कुशे गाउँपालिकाद्वारा गर्भवतीको उद्धार
खलंगा । मातृ भाषाबाट पढाई संचालन गर्न कुशे गाउँपालिकाले एक विद्यालयलाई अनुमति दिएको छ । मगर तथा जनजाति समुदायको मातृ भाषा उत्थान गर्न गाउँपालिकाले विद्यालयलाई पढाई संचालन गर्न अनुमति दिएको हो ।

गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले कुशे गाउँपालिका–८ स्थित जय जनजाति प्राथमिक विद्यालयलाई अनुमति दिएको गाउँपालिकाले जनाएको छ । उक्त विद्यालयमा प्राथमिक स्तरको पढाई मगर भाषासंगै अंग्रेजी र नेपालीबाट पनि संचालन भईरहेको छ ।

तपाईको प्रतिक्रिया