काँग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा किरणको उम्मेदवारी घोषणा

No description available.

खलंगा । नेपाली काँग्रेस जाजरकोटका यूवा नेता किरण सिंह ठकुरीले १४ औं महाधिवेशनमा जाजरकोट बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेरदवारी रहेको घोषणा गरेका छन् । हाम्रो पहुँच डटकम संग कुराकानी गर्दै ठकुरीले केन्द्रिय महाधिवेशन प्रतिनिधिमा आफ्नो उम्मेदवारी रहेको बताएका हुन् ।

सामाजिक सञ्जालहरुमा समेत व्यापक प्रचारप्रसार भईरहेको छ । जाजरकोटको बारेकोट गाउँपालिकामा जन्मिएका ठकुरी पछिल्लो समय राजनीतिक संगै सामाजिक कार्यमा समेत सक्रिय रहेका छन् । कोरोना महामारीको वेला दुःखमा परेका दीन दुःखीहरुलाई सहयोग गर्ने देखि सुर्खेत, नेपालगञ्ज, काठमाडौ लगायतका ठाउँमा अध्ययनरक्त विद्यार्थीहरुलाई सहयोग गर्दै आएका छन् । बारेकोटमा रहेको आफ्नो नामको जग्गाको केही भाग नेपाल रेडक्रस सोसाईटी बारेकोट शाखालाई भवन बनाउन उनले सहयोग गरेका थिए ।

नेपाली कांग्रेस तरुण विभागको केन्द्रीय सदस्य तथा जिल्ला पार्टी कार्यसमिति सदस्य रहेका सिंह कर्णालीका यूवा पिढीका आशा र भरोशाको केन्द्रविन्दु बनेका छन् । बारेकोटका एक दर्जन भन्दा बढी गरिव तथा विपन्न परिवारलाई शैक्षिक सामग्री सहयोग गरेका थिए ।

समाजसेवा र राजनीतिक क्षेत्रलाई संग संगै लिएका सिंह एक सफल व्यापारी पनि हुन् । उनले सञ्चालन गरेको उष्षा किरण कन्स्ट्रक्सन तथा उष्षा किरण सोप नेपाल सफल संस्थाको रुपमा परिचित छन् । यस पटक आफुलाई जिताउन सबै मतदाता संग आग्रह गरेका छन् । उनले भने, ‘अवको चुनावमा काँग्रेसलाई एक नम्बर बनाउन यूवा पिढिले नेतृत्व गर्न आवश्यक छ ।’

तपाईको प्रतिक्रिया