नेपाली काँग्रेस जाजरकोटको क्षेत्रीय सभापतिमा छवि पन्त किन ?


खलंगा । नेपाली काँग्रेस जाजरकोटका यूवा नेता छवि पन्तले नेपाली काँग्रेस जाजरकोटको क्षेत्रीय सभापति (क) को उम्मेदवारी घोषणा गरेका छन् । आईतबार आधिकारिक रुपमा क्षेत्रिय सभापतिको उम्मेदवार बनेको घोषणा गरेका हुन् । आगामी मंसिर ३ गते हुने अधिवेशनमा क्षेत्रीय सभापतिमा आफ्नो उम्मेवारी रहेको हाम्रो पहुँच डटकमलाई जानकारी दिए ।

नेपाली काँग्रेस जाजरकोटका प्रभावशाली, यूवा पिढीका लोकप्रिय नेताका रुपमा परिचित पन्त यस अघि क्षेत्रीय सचिव बनिसकेका छन् । २०५१ सालदेखि हाल सम्म काँग्रेसले यस क्षेत्रमा संसदीय निर्वाचन जित्न सकेको छैन, संगठन निर्माणका माध्यम बाट आगामी निर्वाचन जित्न सक्ने संगठन निर्माण गर्न आफुले सभापतिको उम्मेदवारी घोषणा गरेको बताए ।

उनले भने, ‘काँग्रेसको सबैभन्दा कमीकमजोरी भनेको प्रशिक्षण नहुनु हो, काँग्रेस कार्यकर्तामा काँग्रेस बारे राम्रो ज्ञान छैन्, यसका लागि गाउँ गाउँमा प्रशिक्षण दिई कार्यकर्तामा ज्ञान वृद्धि गरी बलियो काँग्रेस बनाउन मेरो उम्मेवारी हो ।’

क्षेत्रीय सभापतिको उम्मेदवारी किन ?
 २०५१ सालदेखि हाल सम्म काँग्रेसले यस क्षेत्रमा संसदीय निर्वाचन जित्न सकेको छैन, संगठन निर्माणका माध्यमबाट आगामी निर्वाचन जित्न सक्ने संगठन निर्माण गर्न ।
 काँग्रेसको सबैभन्दा कमजोरी भनेको प्रशिक्षण नहुनु हो, काँग्रेसको कार्यकर्तामा काँग्रेसबारे धेरै ज्ञान नै छैन्, यसका लागि गाउँ गाउँमा प्रशिक्षण गरी कार्यकर्तामा सैद्धान्तिक ज्ञान बढाउन ।
 कार्यालय संचालन गरी गाउँबाट सेवा लिन सदरमुकाम आउँदा सदरमुकाममा कुनै नेता नभेटिने अबस्थालाई अन्त्य गर्न ।
 भातृ संस्था चलायमान बनाउन ।
 काँग्रेसलाई जनताको सारथीका रुपमा स्थापित गर्न ।
 नेता र कार्यकर्ता वीचको खाडल अन्त्य गर्न ।
हाल सम्मको जिम्मेवारी
 भेरी ज्ञानोदय क्याम्पसमा नेवि. संघ सभापति
 नेबि संघ जाजरकोट क्षेत्र नं १ को सभापति (तदर्थ समिति)
 नेपाली काँग्रेसको १२ औं महाधिवेशन देखि क्षेत्रिय प्रतिनिधि
 १३औं महाधिबेशनमा नेपाली काँग्रेस क्षेत्र नं १ को सचिब
 स्थानिय तहको निर्वाचनमा नलगाड नगरपालिकामा नगर प्रमुखको उम्मेदवार
 २०७४ को संसदीय निर्बाचनमा नलगाड परिचालन समितिको संयोजक

तपाईको प्रतिक्रिया