कर्णालीका ९ जिल्लामा एमाले महाधिवेशन प्रतिनिधि सर्वसम्मत, मुगुमा सहमतिको प्रयास हुँदै (सूचीसहित)

कर्णालीका ‍९ जिल्लामा एमाले महाधिवेशन प्रतिनिधि सर्वसम्मत, मुगुमा सहमतिको प्रयास हुँदै (सूचीसहित)
सुर्खेत । नेकपा एमालेबाट कर्णाली प्रदेशका १० मध्ये ९ जिल्लाबाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका छन् । मुगु जिल्लामा विवाद समाधानको प्रयास भइरहेको छ ।

मुगुबाहेक कर्णाली प्रदेशबाट अहिलेसम्म १११ जना महाधिवेशन प्रतिनिधि छनोट भएका हुन् । नेकपा एमालेको मुगुबाहेक एक सय एघारजना महाधिवेशन प्रतिनिधि छानिएका छन् । १०औं राष्ट्रिय महाधिवेशन मंसिर १०–१२ मा चितवनमा हुँदैछ ।

एमाले कर्णाली प्रदेश सहइन्चार्ज यामलाल कंडेलका अनुसार कर्णालीमा सबै जिल्लामा सर्वसम्मत रुपमा प्रतिनिधि छानिएका हुन ।

मुगुमा विवाद भएपछि शनिबारको प्रयास असफल भएको थियो । आज सर्वसम्मतका लागि प्रयास भइरहेको बताइएको छ ।

हेर्नुहोस् कुन जिल्लाबाट कति प्रतिनिधि छानिए–
कालिकोट (१४)
नगेन्द्र शाही ‘नेशनल’, रमेश शाही, दक्षिणा शाही, भरतराज धिताल, राजेन्द्र थापा, वीरेन्द्र वोगटी, टेकबहादुर बुढा, वकिल बम, पार्वती सिंह, तारा शाही, नरपति लुहार, कर्णजीत विक, व्यासी तिरुवा, गोमा नेपाली

जाजरकोट (९)
करवीर शाही, डम्बरबहादुर सिह, लालबहादुर महतारा, बेदबहादुर शाही, सीपी घर्ती, प्रेमप्रसाद घर्ती, कौशिलावती खत्री, हरिकला जैशी र नवेन्द्र नेपाली

हुम्ला (११)
दल रावल, दल फडेरा, ज्ञामी बुमी, कलबहादुर हमाल, डबल रावत, पूर्ण प्रसाद ढकाल, सौमती ऐडी, रुपा शाही, नोरजांग तामाङ, सुनमती दमाई, कालिबहादुर नेपाली

सल्यान (८)
पुष्पा कुमारी वोहोरा, संञ्चिता कुमारी ओली विसी, जनक विक, गोविन्द कुमार पुन, हिमबहादुर सेन, दानबहादुर केसी, लोकबहादुर डाँगी, तिलक मल्ल

दैलेख (२३)
रविन्द्रराज शर्मा, प्रेमबहादुर थापा, तेजबहादुर चन्द, रत्नबहादुर खड्का, लोमन शर्मा, टोपबहादुर विसी मिनासिंह रखाल, सुर्यकुमारी श्रेष्ठ, अमर नेपाली, गोपाल नेपाली, विनोद कुमार शाह धीरबहादुर शाही, सुर्यबहादुर शाही, योगेन्द्रबहादुर शाही, सर्वराज महतारा, रुद्रबहादुर शाही, गंगाराम दाहाल, लक्ष्मी देवी शाही, विना कार्की, विष्णु थापा, दयाराम विश्वकर्मा, गोमता विक, हिक्मत विक

सुर्खेत (२२)
ध्रुव कुमार शाही, खड्क खत्री, खडग घर्ती, डण्डी शर्मा, बोधविक्रम जिसी, शान्ति छन्तेल, कोकिला सिंह, चन्द्रकला विसी, कुलमणि देवकोटा, अमृत विसी, नवराज रावत, गंगा दाहाल, गंगाराम तिमिल्सिना, नन्दराम अधिकारी, मोहनमाया ढकाल, निर्मला राना, नन्दा गुरुङ, तेजकुमार विक ‘तोरण’, गगनसिंह सुनार, राजु गुइदेल नेपाली, सुशीला विश्वकर्मा, लक्ष्मी विक

रुकुम पश्चिम (७)
टंक प्रसाद ओली, नन्दराम देवकोटा, नारायण शाह, मनवीर घर्ती, तिर्था गौतम, चन्द्र बहादुर नेपाली, शशीराम नेपाली

जुम्ला (७)
शान्तिलाल महत, बलबहादुर महत, रतननाथ योगी, टेकराज पछाई, मेनका पछाई, चुक्की शाही, रामबहादुर नेपाली

डोल्पा (१०)
तुलाचन्द बुढा, विष्णु रोकाया, शेरबहादुर बुढा, नरबहादुर बुढा, पद्यमीक्वारी बोहोरा, चन्द्राकुमारी बुढा, लंकबहादुर शाही, लंकबहादुर रोकाया, सविता रोकाया, प्रेम विक

तपाईको प्रतिक्रिया