कर्णालीमा कोको बन्दैछ्न नयाँ मन्त्रीहरु ?

काठमाडौं, १६ कात्तिक । महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिएपछि नेपाली काँग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बन्दैछन् । शाही नेतृत्वको सरकार बन्ने भएपछि मन्त्रालय बाँडफाँडबारे छलफल बढिसकेको छ ।

कर्णालीमा नेकपा माओवादी केन्द्रले ४ मन्त्रालय मागेको छ । मुख्यमन्त्री छाडेकाले माओवादीले त्यस्तो माग गरेको हो ।

नेपाली काँग्रेसबाट हिमबहादुर शाही र दिनबन्धु श्रेष्ठ मन्त्री बन्ने सम्भावना छ । श्रेष्ठ बहालवाला मन्त्री पनि हुन् ।

नेकपा माओवादी केन्द्रबाट बिन्दमान बिष्टको नेतृत्वमा कर्णाली प्रदेश सरकारमा सहभागी हुने बुझिएको छ । गणेशप्रसाद सिंह, चन्द्रबहादुर शाही र देवी ओली मन्त्री बन्ने सम्भावना बलियो छ ।

नेकपा एकीकृत समाजवादीबाट पदमबहादुर रोकाया मन्त्री बन्ने निश्चित छ । नेकपा एसबाट कर्णाली प्रदेशमा ३ सांसद रहेकोमा सबैलाई मन्त्री बनाउने प्रयास माधव नेपालले केन्द्रबाट नै गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया