छेडागाडमा सम्पन्न आठौं खुल्ला भलिवलको उपाधि अखिल क्रान्तिकारीलाई

खलंगा । जिल्लाको छेडागाड नगरपालिकामा – ९ पजारुमा सञ्चालन गरिएको खुल्ला पुरुष भलिवलको उपाधि अखिल क्रान्तिकारी जाजरकोटले हात पारेको छ । सोमबार भएको फाइनल खेलमा यूवा संघ नेपाललाई हराउदै उपाधी उचालेको हो ।

अखिल क्रान्तिकारी विजेता भएको छ भने यूवा संघ नेपाल उपविजेता बनेको हो । शारदा स्मृति सामाजिक उत्थान प्रतिष्ठानद्वारा आयोजित ८ औं खुल्ला भलिवल प्रतियोगितामा कात्तिक १३–१५ गते सम्म खेल सञ्चालन भएको थियो ।

No description available.

विजेताले ७० हजार नगद पुरुस्कार सहित मेडल प्रमाण पत्र पाएको छ । उपविजेता टीमले ४० हजार सहित मेडल र प्रमाण पत्र पाएको आयोजक प्रतिष्ठानले जनाएको छ । यस्तै, शारदा स्मृति सामाजिक उत्थान प्रतिष्ठानको बार्षिकउत्सवको अवसरमा ७३ जना विद्यार्थीलाई पोशाक वितरण गरिएको छ ।

शारदा स्मृति सामाजिक उत्थान प्रतिष्ठानले ६० र बागेश्वरी माद्यामिक विद्यालयका सहायक प्रधानध्यापक डिलबहादुर वुढाले १३ जना गरी जम्मा ७३ जना गरिव तथा जेहेन्दार विद्यार्थीलाई पोशाक वितरण गरिएको शारदा स्मृति सामाजिक उत्थान प्रतिष्ठानका अध्यक्ष  अर्जुन अधिकारीले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि सहित अन्य अतिथिहरुले शारदा शाही र शेरबहादुर अधिकारीले समाजमा निर्वाह गरेको अग्रगामी भुमिकाको स्मरण गरेका थिए ।

तपाईको प्रतिक्रिया