
धर्मराज परियार
खलंगा । नेपाल राष्ट्रिय शिक्षक परिषद जाजरकोटका अध्यक्ष दीपक जंग शाह लगायत को सीङ्गोे टिम नेकपा माओवादी केन्द्र निकट अखील नेपाल शिक्षक संगठनमा प्रवेस गरेका छन । भेरी नगरपालिका २ स्याँला निवासी अध्यक्ष दीपक जंग शाह, नरेन्द्र जंग शाह,धुर्वजंग शाह लगायतका शिक्षकहरुले संगठनमा प्रवेश गर्नु भएको हो । अध्यक्ष शाह हरी शिव प्रावि डौंरी काँडा मा कार्यरत हुनुहुन्छ ।
भेरी नगरपालिका १ रावतगाउँमा आयोजीत जन भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा पुर्व मन्त्री हाल संघिय साँसद एवं नेकपा आमोवादी केन्द्र का स्थायी समिति सदस्य शक्ति वहादुर बस्नेतले उहाँहरु लाई फुलमाला र खादा सहित स्वागत गर्नु भएको थियो ।
कार्यक्रम मा वोल्दै शिक्षक शाह ले आफुहरुको २१ जनाको समुह रहेको र बदलीदो राजनैतिक परिवर्तन सँगै सवैले आजैका मिति देखी अखील नेपाल शिक्षक संगठनमा रहेर काम गर्ने वताउनु भयो । आफुहरु लाई कुनै करकाप र स्वार्थको लागि भन्दा पनि शिक्षकहरुको हक हितको आवाज वुलन्द पार्ने संगठन अखील नेपाल शिक्षक संगठन रहेकाले आफुहरुले छनौट गरेको बताउनु भयो ।
शिक्षक शाह लाई यस क्षेत्रकै प्रवाकारी सामाजिक व्यक्तिका रुपमा चिनीनु हुन्छ । विगतमा जिल्ला शिक्षा समितिको सदस्यको रुपमा रहेर समेत शिक्षक शाह ले लामो समय काम गरिसक्नु भएको छ । आफुहरुले आफुनो संगठनमा समाहीत हुनु भएका शिक्षक शाह लगायतको टोली लाई संगठनमा सम्मानजनक स्थानमा राख्ने अखील नेपाल शिक्षक संगठन जाजरकोटका सचिव उत्तर वहादुर वटालाले वताउनु भयो ।
उक्त कार्यक्रममा पुर्व मन्त्री वस्नेत सँग स्थानीयवासी ले विकास निर्माण लगायतका विषयमा माग राख्नुका साथै अन्तरक्रिया समेत गरेका थिए ।
उक्त कार्यक्रममा नेपाली काँग्रेस र नेकपा एमालेका एक दर्जन कार्यकर्ताले नेकपा माओवादी केन्द्रमा प्रवेस गरेका नेकपा माओवादी केन्द्रका वडा नं १ का पार्टी अध्यक्ष मनिराम परियार ले जानकारी दिनु भयो ।
कार्यक्रममा राष्टिय सभासदस्य तथा माओवादी केन्द्रका नेता माया प्रशाद शर्मा,नेकपा मओावादी केन्द्रका प्रभावशाली युवा नेता तथा कर्णाली प्रदेस सचिव रामदीप आचार्य कर्णाली प्रदेस सदस्य यज्ञ वहादुर खत्री लगायतको सहभागिता रहेको माओवादी केन्द्रका स्थानीय नेता बीर वहादुर वादीले जानकारी दिनु भएको छ ।
















































। १६ कार्तिक २०७८, मंगलवार