बालिकामाथि बलात्कार गर्ने दोषीलाई कारबाही गर्न (अखिल क्रान्तिकारी) जाजरकोटको माग ( प्रेस विज्ञप्ती)

खलंगा । रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा बुधबार साँझ जाजरकोटकी एक बालिका बलात्कृत भएको घटना प्रति अखिल क्रान्तिकारी जाजरकोटले दुःख व्यक्त गरेको छ । मेला हेर्न गएकी बालिका सुरक्षित नुहने कस्तो राज्य व्यस्था हो भन्दै दुःख व्यक्त गरेको हो । एक प्रेस विज्ञप्ती जारी गर्दै संगठनले बालिका माथि बलात्कार जस्तो जघन्य अपराध गर्ने दोषीलाई कानुन बमोजिमको कारबाही होस् भनी माग समेत राखेको छ । यदि बर्तमान राज्य व्यवस्थाले सजाय दिएन भने कडा आन्दोलनमा उत्र्ने समेत चेतावनी दिएको छ ।
यस्तो छ प्रेस विज्ञप्ती ः
त्याग, समर्पण र बलिदानको रक्तरन्जित इतिहास निर्माण गर्दै सडक बाघको रुपमा स्थापित गौरवशाली संगठन अखिल (क्रान्तिकारी) आफ्नो स्थापनाकाल देखि नै शिक्षा क्षेत्रमाभएकानिजीकरण, ब्यापारिकरण, दलालिकरण, माफियाकरण र बिभेदपुर्ण शिक्षाका बिरुद्ध संघर्ष गर्दै आईरहेको छ । राष्ट्रिय स्वाधिनताको रक्षा, जनजीविकाको ग्यारेन्टी,व्यावहारिक,बिज्ञान र प्रबिधिमैत्रीतथा समानशिक्षाप्राप्तिकालागिनिरन्तर संघर्षरत हाम्रो संगठन सामाजिकबिकृती र बिसंगतीका बिरुद्द समेत दृढतापुर्वक उभिदै आईरहेको छ । नेपालका ९० लाखविद्यार्थीहरुको अधिकार एवम रक्षाकालागिविभिन्नमुक्तिकामीआन्दोलनहरुमा संगठनले अग्रमोर्चामा रहि बलिदानिपुर्ण योगदानगर्दै आएको कुरा आम नेपालीजनमासमाजगजाहेर नै छ ।

यसै, सन्दर्भमा २०७८ कात्तिक १० गते बुधबारका दिन जाजरकोट जिल्ला नलगाड नगरपालिका वडा नं. १ कि १४ बर्षिया शोभा परियारलाई आठबिसकोट नगरपालिका १४ रुकुम पश्चिममा लाग्ने मेलामा आयोजित भलिबल प्रतियोगिता हेर्न गएको बेला सोही स्थानका २६ बर्षिय झलक जैसीले गरेको बलात्कारको घटनाप्रती हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ।

बहिनीको स्वास्थ्यअवस्थाअत्यन्तै गम्भीर रहि अहिले सम्महोस खुल्ननसकेर नेपालगन्ज उपचार भैरहेको छ । शिघ्र स्वास्थ्य लाभको कामनागर्दछौ । देशको राज्यव्यबस्था जनमुखीनहुनेले समाजमा यस्ता प्रकारका जघन्य अपराधका घटनाहरु दिनप्रतिदिन बढदो क्रममा छन तर राज्यब्यबस्थाको जवाफदेहीता शुन्यप्राय छ ।

दलाल संसदिय ब्यबस्थाले यस्ता अमानविय,अपराधिककार्य गर्नेलाई कार्बाहीगर्नुको सट्टा संरक्षण र प्रोत्साहन गर्नुले यस्ता घटनाहरु दिनप्रतिदिन बडदो क्रममा छन । पीडित परिवारलाई सुरक्षाको प्रत्याभुतीदिएर सम्बन्धित जैसीलाई तत्काल समात्नपहलगरि कडा भन्दा कडा कार्बाहीको दायरामाल्याउनजोडदार मागगर्दछ ।

समाजमा महिलालाई सुरक्षित बाँच्ननपाउने जुनप्रकारको वातावरण सिर्जनाभएको छ । यस्ता कार्यमा राज्यगम्भीर बनोस, यस्ता घटनाहरुलाई मध्यनजर गर्दै राज्यले छिटोभन्दा छिटो समाजमा महिलालाई सुरक्षित अनुभुतिहुने खालको वातावरण सिर्जनागरि राज्यले प्रत्याभुती गरोस् भन्ने माग राख्दछौ अन्त्यमा बहिनी शोभा पयियारको न्यायको लागि संगठनले गर्ने सक्ने सहयोग गर्ने भन्ने प्रतिवद्दता व्यक्तगर्दै यस्ता प्रकारको जघन्यअपराध हुदापनी दोषीलाइ संरक्षण र प्रोत्साहनगर्ने दुश्प्रयास गरेमाहाम्रो संगठन कडा भन्दा कडा संघर्षमाजाने कुरा पनि यसै बिज्ञप्ती मार्फत जानकारी गर्दछौ ।

क्रान्तिकारी अभिवादन सहित !

बिराजन शाही
ईन्चार्ज, अध्यक्ष

No description available.

तपाईको प्रतिक्रिया