
खलंगा । तोकिएकै भाडा लिन जिल्ला प्रशासन कार्यालय जाजरकोटले आग्रह गरेको छ । विहीबार ( हिजो) बसेको जिल्ला यातायात व्यवस्थापन समितिको वैठकले उक्त निर्णय गरेको हो ।
जाजरकोट जिल्लामा सञ्चालित हाम्रो पहुँच डटकमले कार्तिक ८ गते ‘यातायात व्यवसायीको मनपरी भाडादर, दोब्बर यात्रु’ शीर्षकको समाचार प्रकाशन गरेको थियो । सोही समाचार प्रकाशनपछि प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाको अध्यक्षमा बसेको वैठकले मिति २०७८ श्रावण २७ गते जिल्ला यातायात व्यवस्थापन समितिले निर्धारण गरिएको भाडादर लिन आग्रह गरेको छ । भाडादर भन्दा बढी लिइएको पाईएमा ट्राफिक प्रहरी छड्के अनुगमन गरी कारबाही गरिने निर्णय भएको छ ।
सीट क्षमता भन्दा बढी यात्रु राखेको पाईएमा कारबाहीका लागि सिफारिस गर्ने प्रजिअ देवकोटाले जानकारी दिए । स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्डको पालना गरी सवारी साधन सञ्चालन गर्न भनिएको छ । प्रत्येक सवारी साधनले अनिवार्य भाडादर टाँस गर्नुपर्ने समेत निर्णय गरिएको छ ।
यस्तै छेडाचौर थलह ४ सय ३५ र छेडाचौर सुवानाउली ५ सय ७० भाडादर सानो गाडीको निर्धारण गरिएको छ । प्रत्येक सवारी साधनमा छड्के अनुगमन गर्न ट्राफिक प्रहरीलाई आग्रह गरिएको छ । गाडी अपुग ठाउँमा थप गरिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । यातायात व्यवसायलाई थप प्रभावकारी बनाउन सम्पुर्ण सरोकारवालाहरु लाग्नुपर्ने समेत बताईएको छ ।
साउन २७ गतेको भाडादर कहाँ कति ?
खलंगा देखि छेडाबजार सम्म ठुलो गाडीमा १ सय ९० र सानो गाडीमा २ सय ३० निर्धारण गरिएको छ ।
खलंगा– फेरा ठुलो गाडीमा १ सय २५ र सानो गाडीमा १ सय ७५ निर्धारण गरिएको छ । खलंगा – कुदु ठुलो गाडीमा ८० रुपैयाँ र सानो गाडीमा १ सय ३० रुपैयाँ निर्धारण गरिएको प्रमुख जिल्ला अधिकारी देवकोटाले बताए ।
यस्तै, खलंगा – मटेला ठुलो गाडीमा ४० रुपैया र सानो गाडीमा ५० रुपैयाँ, खलंगा रावतगाउँ ठुलो गाडीमा ५० र सानो गाडीमा ७५ रुपैयाँ निर्धारण गरिएको छ । खलंगा – पिपे ठुलो गाडीमा ७५ र सानो गाडीमा १ सय रुपैयाँ, खलंगा – रिम्ना ठुलोमा १ सय ७० र सानोमा २ सय २०, खलंगा – जगतिपुर ठुलो गाडीमा १ सय ६० र सानोमा २ सय १०,खलंगा – बुरुङ्गे सानो गाडीमा २ सय २० र ठुलो गाडीमा २ सय ७०, खलंगा –
स्याउली ठुलोमा ३ सय र सानोमा ३ सय ५०, खलंगा – कालिमाटी सम्म ठुलो गाडीमा ४ सय ४८ र सानोमा ५ सय, खलंगा – राडीबजार ठुलोमा ५ सय १२ र सानोमा ५ सय ६२, खलंगा – पाँचकाटिया ठुलो गाडीमा ४ सय ५० र सानो गाडीमा ५ सय, खलंगा –तल्लुबगर ठुलोमा ४ सय २५ र सानोमा ४ सय ७५, छेडाचौर– थलह ३ सय ८५ र छेडाचौर – सुवानाउली ५ सय २० नयाँ भाडादर निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ ।
जाजरकोटका सडकमा ‘मनपरी भाडा र सीट क्षमताभन्दा दोब्बर यात्रु’


















































। १२ कार्तिक २०७८, शुक्रबार