आशा परियोजनाका कर्मचारीहरुका लागि तालिम सम्पन्न


सहदेव बस्नेत,
खलंगा, १२ कार्तिक । पहाडी साना किसानका लागि अनुकूलन आयोजना , जिल्ला आयोजना समन्वय इकाई , जाजरकोटले आफ्नो परियोजनामा कार्यरत कर्मचारीहरुका लागि ३ दिने तालिम सम्पन्न गरेको छ । कार्तिक ८ देखी १० गतेसम्म सदरमुकाम खलंगाको होटेल थकालीमा भएको अनुगमन मूल्याकंन तालिममा आशा आयोजनाका २३ जना कर्मचारीको सहभागिता रहेको थियो ।
आशा आयोजना जाजरकोटका प्रमुख देवेन्द्र गेलालले कर्मचारीको क्षमता अभिवृद्धिका लागि तालिम आयोजना गरिएको बताए । सो तालिमको मुख्य सहजीकरण प्राविधिक सहयोग इकाई, सुर्खेतका इन्जिनियर आकाश उपाध्याय र MIS tyf communication बिज्ञ सुरेशमान जोशीले गरेका थिए  ।
अनुगमन मूल्याकंन अधिकृत लोकराज गौतम ले परियोजनाको नियमीत कर्मचारीहरुलाई आफ्नो कार्यक्षेत्रमा काम गर्नलाई तालिमले प्रभावकारी भुमिका खेल्ने विस्वास व्यक्त गरे ।

समन्वय वैठक सम्पन्न
त्यस्तै आशा आयोजना जिल्ला आयोजना समन्वय इकाई जाजरकोटको आयोजनामा भेरी नगरपालिका जाजरकोट सँग भेरी नगरपालिका स्तरिय समन्वय बैठक सम्पन्न भएको छ । बिहिवार सम्पन्न समन्वय तथा साझेदारी वैठकमा, भेरी नगरपालिकाका मेयर चन्द्र प्रकाश ( सी.पी.) घर्तीको अध्यक्षता, भेरी नगरपालिकाका वडाध्यक्षहरु, नगर कार्यपालिकाका सदस्यहरु, विषयगत शाखाका प्रमुखहरुको सहभागिता रहेको थियोे ।
बैठकको सहजीकरण आशा आयोजनाका अनुगमन मुल्यांकन अधिकृत लोकराज गौतम, जलबायु परिवर्तन बिज्ञ सन्जित कंडेल र प्राबिधिक सुजाता खड्काले गरेका थिए । परियोजनाको कार्यक्रम सरोकारवाला स्थानीय जनप्रतिनिधिहरुलाई जानकारी गराउन वैठक आयोजना गरिएको आसा परियोजना प्रमुख देवेन्द्र गेलालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया