किसानलाई उन्नत जातको गहुँको वीउ वितरण गर्दै भेरी नगरपालिका

No description available.खलंगा । जिल्लाको भेरी नगरपालिकाले किसानहरुलाई उन्नत जातको गहुँको वीउ वितरण गरेको छ । नगरपालिकाको ७५ प्रतिशत अनुदान र कृषकको २५ प्रतिशत लगानीमा डब्लु के बाह्र सय ४ जातको उन्नत गुहँको वीउ वितरण गरिएको नगर पालिकाको कृषि शाखा प्रमुख यज्ञ अधिकारीले जानकारी दिए ।

उनले दिएको जानकारी अनुसार ६ क्वीटल वीउ उत्पादनका लागि ५ हेक्टर क्षेत्रफलमा वीउ लगाईने छ । त्यसका लागि वीउ उत्पादन गर्ने क्षेत्र कालेगाउँ, फेराखोला र सानीचउर छनौट गरिएको छ ।

मुल वीउका लागि कार्यालयले ५० प्रतिशत अनुदान दिएको समेत अधिकारीले बताए । नगरपालिका भरीका किसानलाई वितरण गरिनेछ ।

तपाईको प्रतिक्रिया