
खलंगा । जिल्लाको भेरी नगरपालिका १३ कुदुमा नगर स्तरीय फुटवल प्रतियोगिता सुरु भएको छ । ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मुल नाराका साथ ड्रेगन यूवा क्लव कुदुको आयोजनामा उक्त प्रतियोगिता शुरु भएको हो ।
भेरी नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरिएको प्रतियोगितामा कमानबहादुर खड्का, टेकबहादुर वटाला, तिलक वटालाले समेत आर्थिक सहयोग गरेका छन् । विजेताले ३० हजार मेडल र प्रमाण पत्र पाउनेछ भने, उपविजेताले २० हजार सहित मेडल र प्रमाण पत्र पाउनेछ । मिडिया पार्टनर समेत रहेको हाम्रो पहुँच डटकमले दैनिक अपडेट प्रकाशन गर्नेछ ।
फुटवल प्रतियोगिता आगामी कार्तिक १४ गते सम्म चल्नेछ । विहीबार ( आज) भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले फुटबल प्रतियोगिताको उद्धघाटन गरेको आयोजक टीमले जानकारी दिएको छ । खेलमा ६ टीमको सहभागिता रहेको छ ।

















































। ११ कार्तिक २०७८, बिहीबार