प्रेस सेन्टर नेपाल जाजरकोटको चौँथो अधिवेशन नलगाडमा

May be an image of text
खलंगा । नेपाल कम्यूनिष्ट पार्टी ( माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपाल जाजरकोटको चौँथो जिल्ला अधिवेशन नलगाडको दल्लीमा हुने भएको छ । संगठनको केन्द्रिय सर्कुलर अनुसार आगामी कार्तिक १४ गते नलगाड नगरपालिकाको दल्लीमा चौँथो अधिवेशन हुने प्रेस सेन्टर जाजरकोटले जनाएको छ ।

अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ । सात वटै स्थानीय तहका ५ ÷५ जना प्रतिनिधीहरुको सहभागिता रहनेछ । अधिवेशनको उद्धघाटन पूर्व गृहमन्त्री एवं जाजरकोटका प्रतिनिधी सभा सदस्य शक्तिबहादुर बस्नेतले गर्नेछन् । अव आउने नयाँ नेतृत्वले पार्टीको प्रचार मात्र नभई जनजीवकाको सवाल समेत उठाउने विश्वास लिईएको छ ।

May be an image of text that says 'प्रेस सेन्टर नेपाल जिल्ला कार्यसमिति, जाजरकोट (जलगाड नगरपालिका, दल्ली) मिति २०७८ कात्तिक १४ गते हुन गईरहेको चौंथो जिल्ला अधिवेशनमा पालनुहुने प्रमुख अतिथि, अतिथि, विशेष अतिथि, प्रतिनिधी, प्रवेक्षक, आगन्तुक पाहुनाहरुलाई सुन्दर नगरी नलगाड दल्लीमा हार्दिक स्वागत गर्दछौ ......... .......'

तपाईको प्रतिक्रिया