एमाले बारेकोटको गाउँ अधिवेशन : अध्यक्षमा बस्नेत, सचिवमा पुन

May be an image of 5 people, including Dambar Bahadur Singh and people sitting
बारेकोट । नेपाल कम्यूनिष्ट पार्टी ( एमाले) को बारेकोट गाउँ अधिवेशन सम्पन्न भएको छ । पार्टीको केन्द्रिय महाधिवेशनको सर्कुलर अनुसार गाउँ कमिटीको अधिवेशन सम्पन्न भएको हो ।

नेकपा (माओवादी) र नेकपा (एमाले) वीच बनेको नेपाल कम्यूनिष्ट पार्टीको विघटनपछि पहिलो पटक गाउँ कमिटीको अधिवेशन सम्पन्न भएको एमालेको बारेकोट गाउँ कमिटीले जनाएको छ ।

अधिवेशनले गाउँ कमिटीको अध्यक्षमा भक्तबहादुर बस्नेत( लक्ष्मण), उपाध्यक्षमा लक्ष्मण बोहरा, सचिवमा कविराज पुन, उपसचिवमा अमृता महतारा र विर्खबहादुर बोहरालाई मनोनित गरेको छ ।

यस्तै वडा नं १ को अध्यक्षमा तिलक थापा, वडा नं २ को अध्यक्षमा चित्रबहादुर बस्नेत, वडा नं ३ मा हंसबहादुर बोहरा, वडा ४ मा हरीबहादुर बोहरा, वडा नं ५ मा मानबहादुर सिंह, वडा नं ६ मा डम्बर महतारा, वडा नं ७ मा बागबहादुर वली, वडा ८ मा केशव कुमाई र वडा नं ९मा रत्न नेपाली अधिवेशन बाट निर्वाचित भएको नेकपा ( एमाले) का यूवा नेता प्रेमबहादुर सिंहले जानकारी दिए ।

May be an image of 12 people, people standing and outdoors

तपाईको प्रतिक्रिया